आदिकविमा मेलमिलाप सम्बन्धी जनचेतना

दमौली : तनहुँको व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘मेलमिलाप सम्बन्धी समुदाय/विद्यालय जाउँ’ अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रम गरेको छ । मेलमिलाप परिषद् काठमाडौँको आयोजना तथा क्याम्पसको सह–आयोजनामा गरिएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले अदालत बाहिरै मेलमिलाप र आपसी सद्भावका माध्यमबाट विवाद समाधान सम्भव रहेको उल्लेख गरे ।

उनले मेलमिलाप सम्बन्धी व्यवहारिक ज्ञानले विद्यार्थी तथा समुदायका प्रतिनिधिलाई शान्तिपूर्ण र नवीन विवाद व्यवस्थापनका उपाय सिक्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला न्यायाधीशहरू विष्णु प्रसाद उपाध्याय, राजेश कुमार कटुवाल र शम्भुप्रसाद बरालको उपस्थिति रहेको थियो भने सहभागी विद्यार्थीका जिज्ञासाहरूको सहजिकरण गर्दै परिषद्का सदस्य सचिव तथा सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले न्यायको पहुँच समुदाय र शिक्षण संस्थासम्म विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पसले प्राज्ञिक विकाससँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सर्वोच्च अदालतका सह–रजिस्टार दिपेन्द्र भण्डारीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा बिबिए पाँचौं सेमेस्टरका विद्यार्थी तथा आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको परिषद्का उपसचिव नवराज दंगालले जानकारी गराए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker