बन्दिपुरको बाख्रा पकेट क्षेत्रका कृषकलाई डालेघाँसको विरुवा वितरण

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ को बाख्रा पकेट क्षेत्रका कृषकहरुलाई निःशुल्क डालेघाँसको विरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत बन्दिपुर-१ लाई बाख्रा पकेट विकास कार्यक्रमा छनोट गरेको छ ।

कृषि परियोजना अन्तर्गत १८० कृषकलाई १० हजार वटा किम्बु डाले घाँसको विरुवा वितरण गरिएको वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए । उन्नत जातको बोयर बाख्रा र स्थानीय जातको बाख्राको स्रोत केन्द्रको रुपमा गाउँपालिकाले वडा नं. १ लाई विकास गर्न लागेको छ ।किसानको आर्थिक आयआर्जनसंग जोडिएको र बाख्रा अनुसन्धान केन्द्र पनि वडा नं. १ मै भएका कारण बाख्राको पकेट क्षेत्र बनाउन राम्रो सम्भावना भएकाले प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँको बजेटमा आयोजना सञ्चालन गरिएका वडाध्यक्ष पोख्रेलले जानकारी गराए ।कार्यक्रम अन्तर्गत बाख्राको खोर सुधारका लागि ४५ जना किसानलाई अनुदान दिइएको छ । यस अगाडि पनि यहाँका कृषकलाई बडर र खनायो घाँसका करिब १ हजार वटा विरुवा वितरण गरिएको थियो ।वडाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई बोयर जातको बोका वितरण गर्ने तयारी गरेको छ । परियोजना कार्यक्रम अन्तर्गत किसानहरुलाई उत्पादन मुखि, व्यावसायिक बनाउने लक्ष्यका साथ काम अघि बढेको गाउँपालिकाका पशु शाखा प्रमुख मधुबिलास न्यौपानेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker