राष्ट्रनिर्माताको सालिकमाथि राजनीति : पृथ्वी चोकमा बारम्बार बितण्डा

रिखिराम जिसी/पोखरा

सहिद लखन थापाको सालिक भएको पृथ्वीचोकमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिर सहितको स्ट्यान्ड राखिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राखेको उक्त प्रतिमा एक समूहले बुधबार झिक्यो ।
बुधबार साँझ त्यसको विरोध जनाएको राप्रपाले बिहीबारै फेरि पृथ्वीको प्रतिमा पुनःस्थापना गरेको छ । राप्रपाले पृथ्वीनारायण शाहको प्रतिमा चोरी भएको आरोपसमेत लगाएको थियो । जिल्ला प्रशासनको स्वीकृतपछि पृथ्वीनारायण शाहको प्रतिमा राखिएको राप्रपा पोखरा महानगर कमिटी अध्यक्ष महेश्वर आचार्यले बताए । सालिक हटाउन खोजे द्वन्द्व निम्तिने उनको चेतावनी छ ।
पृथ्वी चोकमा लखन थापाको सालिक राखिएयता यो ठाउँमा ‘सालिक राजनीति’ हुँदै आएको छ । उहाँ पहिले पृथ्वीनारायण शाहको सालिक थियो । त्यसैले ठाउँको नाम पनि पृथ्वी चोक रहन गयो । पछि उक्त सालिक हटाएर लखन थापाको सालिक राखिएको छ ।
राप्रपा नेता आचार्य भन्छन्, ‘सालिक हटाइदिएपछि हामीले पृथ्वीनाराण शाहको प्रतिमा भए पनि रहनुपर्छ भनेर हामीले राखेको । पृथ्वी चोकको नाम नै उहाँको नामबाट राखिएको छ । अहिले पनि सबैतिर पृथ्वी चोकले परिचित छ । भइरहेको सालिकलाई हटाउन खोजिन्छ भने द्वन्द्व निम्तिन्छ ।’
एउटा विधि, प्रक्रियाबाट नगई एउटा पक्षले मूर्ति हटाउनु गलत भएको अध्यक्ष आचार्यले उल्लेख गरे । ‘चोकको जामलाई हटाउन सालिक हटाउने भन्ने थियो । तर, एउटा विधि प्रक्रियाबाट नगई कसैको दबाबमा हटाउनु गलत हो । पृथ्वीनारायण शाहको सालिक सम्मानसाथ राख्नर्ुपर्छ ।’ आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष धर्मबहादुर गुरुङ भने र्‍यालीमा सहभागीले प्रतिमा निकालेको स्वीकार गरे । उक्त प्रतिमा महानगरलाई बुझाइएको उनले बताए । ‘हाम्रो र्‍यालीका सहभागी साथीहरुले निकालिसके पछि थाहा भो । मैले थाहा पाएपछि महानगरलाई बुझाउन लगाएँ’, उनले भने ।
पृथ्वी चोकमा २०६२/६३ को जनआन्दोलनअघि पृथ्वीनारायण शाहको सालिक थियो । २०६२/६३ को जनआन्दोलनका क्रममा तत्कालीन व्रि्रोही माओवादीले राजा पृथ्वीनारायणको सालिक उखेलिदिए । त्यसपछि १ वर्षसम्म पृथ्वीचोकमा कुनै सालिक रहेन । एक वर्षछि सोही ठाउँमा सहिद लखन थापाको सालिक ठड्याइएको थियो । तत्कालीन समयमा माओवादीबाट प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराइले सहिद थापाको सालिक २०६९ फागुन १ गते अनावरण गरेका थिए ।
प्रथम सहिद थापाको सालिक बनेपछि भने यो चोकको नाम नै गडबड भएको छ । जनजाति आन्दोलनमा सक्रियहरु यसलाई लखन चोकको नामले सम्बोधन गर्छन् भने अरूले पृथ्वी चोक नै भन्छन् । स्थानीय पसलमध्ये बहुसंख्यकका नामपाटी (साइनबोर्ड) हरुमा पृथ्वी चोक नै उल्लेख छ भने केहीले लखन चोक लेखेका छन् । बस र ट्याक्सीमध्ये कतिले पृथ्वी चोक लेख्छन् त कुनैले लखन चोक लेखेका छन् । कतिपयले पृथ्वी चोक र लखन चोक दुवै लेखेका छन् ।
२०७४ असोज ९ गते गते पोखरा महानगरपालिकाले लखन थापाको सालिकमा डोजर चलाएको थियो । महानगरले चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक भत्काएको थियो । तर, सालिक ढालेर आफूहरुको अपमान गरेको भन्दै विभिन्न जनजाति समुदाय विरोध जनाएपछि भत्काएको २४ घन्टाभित्रै सहिद थापाकै सालिक राख्ने सहमति भएको थियो ।
क्षेत्री समाजले सालिक राख्ने महानगरको सहमतिको विरोध गरेको थियो । पुनः महानगर पृथ्वी चोकमा कुनै पनि सालिक नराख्ने सहमतिमा पुग्यो । तर, २०७५ फागुन १ गते राति मगर समुदायको नेतृत्वमा पुनः लखन थापाको सालिक उभ्याइयो। महानगरपालिकाले शहरका सबै ठाउँका सालिक सराङ्कोट ग्यारजातीको विभूति पार्कमा लगेर राख्ने योजना पनि बनाएको थियो । केही सालिक पार्कमा लगिएको पनि छ । तर, पृथ्वी चोकमा सालिक राख्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषय प्रतिष्ठाको विषय बन्न थालेको छ ।

शान्ति सुरक्षा बिग्रन दिँदैनौं : प्रजिअ घिमिरे

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सालिकहरुलाई व्यवस्थापन गर्ने विषयमा सहमति भएको बताए । ‘हिजो केही समयदेखि पोखराको पृथ्वी चोकमा भएका सालिकको विषयमा विवाद भएको भन्ने छ । त्यो विषयमा पनि विगतमा भएको सहमतिले पनि समेट्छ भन्ने लाग्छ’, उनले भने, ‘सालिक व्यवस्थापनको मुख्य रुपमा पोखरा महानगरपालिकाको हो र यसलाई व्यवस्थापन गर्ने विषयमा ज्रि्रका पनि सहायक भूमिकामा तयार छ ।’
शान्ति सुरक्षा ब्रि्रन नदिने प्रजिअ घिमिरेले उल्लेख गरे । ‘सालिक विवादकै कारण पोखराको शान्ति, सुरक्षा र सद्भाव ब्रि्रनु हुँदैन भन्ने कुरामा हामी सचेत छौैं । शान्ति सुरक्षा बिग्रनु हामी दिँदैनौं’, उनले भने । नेपालप्रेसबाट
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker