राष्ट्रिय युवा संघ तनहुँले बुझायो ज्ञापनपत्र

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तनहुँले व्यास नगरपालिका प्रकरणमा छ बुँदे मागसहित नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतबीचको असमझदारी बाहिरिएपछि युवा संघका अध्यक्ष मदन तिमिल्सिनाको नेतृत्वमा विभिन्न छ बुँदे माग राखी सोमबार नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

व्यासमा कर्मचारीतन्त्रमा देखिने गरेको ढिलासुस्ती, मनपरितन्त्रको अन्त्यका लागि पहल गर्न, कर्मचारीले आफ्नो घरमा जोडिएको इन्टरनेटको पैसा कार्यालयबाट भुक्तानी गरिरहेको जानकारीमा आएकाले सत्यतथ्य छानबिन गरी हालसम्म तिरिएको रकम कर्मचारीबाट असुल उपर गर्न, दमौली बजार र वरपर घर भएका कर्मचारीले नगरपालिकाबाट हालसम्म लिएको घरभाडा असुल उपर गरी हरहिसाब जनतासामु सार्वजनिक गर्न, दमौली वरपर घर भएका कर्मचारीले प्रयोग गर्ने नगरपालिकाको साधन फिर्ता लिन माग गरिएको छ ।

कर्मचारीबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको नेमप्लेट झिकेर फ्याक्ने, प्रमुख प्रशासकीय अधिकृतको अफिसियल मेल आइडी चलाउन नदिने लगायतका गलत कार्य गर्ने कर्मचारीलाई दण्डको व्यवस्था गर्न र प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारीप्रति दुर्व्यवहार भएको भए छानबिन गर्न माग गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker