प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले प्रतिशोधपूर्ण पक्राउ भेनका छन् ।

आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाईं लड्छु तपाईंहरू तयारी गर्नुहोस्’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।

ओलीसँगको परामर्शमा रहेका वरिष्ठ अधिवक्ता भट्टराईले यो पक्राउ गैरकानुनी रहेको बताए । ‘यो पक्राउको कानुनी आधार छैन, प्रथम दृष्टिमै यो गलत छ’ वरिष्ठ अधिवक्ता भट्टराईले भने ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker