एकिकरण पश्चात् शुक्लागण्डकी नगर उद्योगवाणिज्य संघको अध्यक्षमा रिमाल सर्वसम्मत चयन

भञ्ज्याङ न्युज/दुलेगौँडा

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा बिमलप्रसाद रिमाल चयन भएका छन् । दुइ उद्योग वाणिज्य संघ एकिकरण भए पश्चात गोलाप्रथाबाट बसन्त ज्वारचन पक्षले संस्था छनौट गरेपछि हरिकुमार श्रेष्ठ पक्षले अध्यक्ष पाउने सहमति बनेको हो । सोही अनुसार श्रेष्ठ पक्षबाट रिमाल सर्वसम्मत रुपमा अध्यक्षका लागि सिफारिस हुदै नयाँ कार्य समितिको अध्यक्षमा चयन भएका हुन् ।

आइतबार दुलेगौँडामा भएको नयाँ कार्य समिति घोषणा कार्यक्रममा श्रेष्ठ पक्षबाट अध्यक्षमा रिमाल, बरिष्ठ उपाध्यक्षमा सुजित हिराचन, महासचिवमा उपेन्द्र तिमिल्सिना चयन भए । त्यस्तै, ज्वारचन पक्षबाट प्रथम उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार मल्ल र सचिवमा ऋषिबहादुर बस्नेत आएका छन् ।

श्रेष्ठ पक्षबाट सदस्यहरु बिर्सना श्रेष्ठ, जोशिला थापा, शान्ति भण्डारी, देवेन्द्र ढुङ्गाना, मित्रबन्धु पौडेल, कमल गैह्रे, सुजन श्रेष्ठ, प्रेम श्रेष्ठ र गिरबहादुर थापा क्षेत्री चयन भए । ज्वारचन पक्षबाट सदस्यहरुमा ऋषि महत, अर्जुनकुमार श्रेष्ठ, राजबहादुर थापा, बर्मकुमार श्रेष्ठ, अमृत घिमिरे, तुलसी शाह, सुमन सापकोटा, विधान गुरुङ चयन भएका छन् ।

समितिमा श्रेष्ठ समुहबाट नौ र ज्वारचन समुहबाट आठ जना सदस्य आएका छन् । नवनिर्वाचित पदाधिकारीहरुले आइतबार नै शपथ ग्रहण गरेका छन् । यस अघिका अध्यक्षद्धय बसन्त ज्वारचन र हरिकुमार श्रेष्ठ भने संस्थापक अध्यक्ष रहनेछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker