विवाद र झडप झेल्दै बुल्दी खोला पुल उद्घाटन गर्दै नेता पौडेलले भने : कम्यूनिष्ट कहिल्यै लोकतन्त्रवादी हुदैनन्

भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्यूनिष्ट कहिल्यै लोकतन्त्रवादी नहुने आरोप लगाएका छन् । विवाद र झडापका बीच गृह जिल्लाको व्यास नगरपालिका-१, १० र ११ जोड्ने तालघारे स्थित बुल्दी खोला पुल उद्घाटन गर्दै नेता पौडेलले कम्यूनिष्टको हातमा लोकतन्त्र सुरक्षित नभएको समेत बताएका छन् ।

कांंग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटनका लागि बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई करिब तीन घण्टापछि छाडेको थियो ।

केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागितामा दमौलीमा विरोध प्रदर्शन गर्दै कार्यक्रम स्थल पुगेका नेता पौडेलले पुल उद्घाटन गर्दै कम्यूनिष्टको हातमा लोकतन्त्र सुरक्षित छैन, त्यो हिजैको घटनाले पनि देखाएको बताए । उनले भने, ‘कुनै कारण, कुनै औचित्य पनि नभएको तर, पुल उद्घाटन कार्यक्रमलाई विथोल्न निषेधाज्ञा जारी गरेर मलाई धरपकट गरियो । यो लोकतन्त्र माथीको नाङ्गो नाच हो ।’

‘यो निषेधाज्ञा रामचन्द्र पौडेलका लागि मात्र होइन, दमौली र व्यास नगरपालिकाकाको वडा नं. १, ११ र १० का जनताका विरुद्ध मात्र पनि होइन’, नेता पौडेलले भने, ‘यो निषेधाज्ञाले सारा नेपाली जनताको अधिकार माथिको निषेधाज्ञ हो । यसले मौलिक प्रश्न उठाएको छ, पाडो खानेले बाच्छो राख्दैन।’

नेता पौडेलले भने, ‘कम्यूनिष्टको हातमा लोकतन्त्र सुरक्षित छैन । यो शिद्ध भएको छ । लोकतन्त्र संस्थागत गर्न अझै बाँकी छ, आजको यो हाम्रो उपस्थितिले त्यही संकेत गरेको छ, अब आन्दोलनको सुरुवात भएको छ ।’

यस्तै, नेता पौडेलले राजनीतिलाई सुधार गर्नुपर्ने बताएका छन् । ‘राजनीतिमा बिकृती व्याप्त छ, यसलाई पखालेर फाल्नुपर्छ र लोकतन्त्र साकार हुनुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न लागि परेको छ त्यसैले नेपाली कांग्रेस पहिला आफै लोकतान्त्रिक बन्नुपर्छ । आफु भित्र भएको बिकृतिलाई सुधार गर्दै अगाडि बढ्नु पर्छ ।’

‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहिरुपमा चरितार्थ नगरि परिवर्तनलाई साकार नगरी अब यो आन्दोलन रोकिदैन’, नेता पौडेलले भने, ‘लोकतान्त्रिक समाजवादका लागि अब हामी आन्दोलन अगाडि बढाउछौ, पक्षपातका विरुद्ध आन्दोलन गर्र्छौ।’

अवसरवादले मुलुकलाई बिगारेको चर्चा गर्दै नेता पौडेलले सिद्धान्त हिन सत्ताले गर्दा जनतामा निराशा आएको छ । यो सरकार अवसरवादको बाटोमा हिडेको पनि आरोप लगाए ।

‘नेपालको राजनीतिमा धेरै बिकृति आयो, सिद्धान्त विहीन राजनीति, जोड घटाउको राजनीतिले बिक्रीती आयो, अब सिद्धान्तको आधारमा राजनीति गरे देश बन्छ, देशलाई बनाउने हो भने सिद्धान्तमा अडिएर राजनीति गर्नुपर्दछ’, उनले भने, ‘आजको युग समाजवादको युग हो, आजको युग लोकतान्त्रिक समाजवादको युग हो । लोकतान्त्रिक समाजवादको युग हो । अब हुने कुनै पनि आन्दोलन कुनै प्रतिगमनलाई स्वागत गर्ने हुँदैन लोकतान्त्रिक समाजवादलाई स्थापित गर्ने गरी हुन्छ ।’

यस्तै, नेता पौडेलले अबको आन्दोलन भविष्यका लागि हुने र अब अतित तिर र्फकने होइन अगाडि तिर जानु पर्दछ भनेका छन् । ‘हिजो दमौलीमा घटेको घटनाले आज नेपालमा तरंग आएको छ । प्रजातन्त्रवादीहरुको मनमा चस्को पसेको छ, ढ्यांग्रो बजेको छ’, उनले भने, ‘यो भ्रष्टचार, पक्षपात, कुशासनमा लिप्त सरकारका विरुद्ध पनि अब आन्दोलन चर्किन्छ।’

नेता पौडेलले अब गरिने आन्दोलन अख्तियारलाई पनि ठेगान लाउने आन्दोलन हुन्छ, र्सवसत्तवादको विरुद्ध हुन्छ, यो संर्घष्ाको विरुद्धको सुरुवात, न्यायीक निकायलाई पनि सावधान गर्ने गरी आन्दोलन हुने बताएका छन् ।

यस्तै, सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिती, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको पुल उद्घाटन कार्यक्रममा सहभागि कांग्रेसका नेताहरुले बताएका छन्।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गत निर्वाचनमा भएको हारको समीक्षा गर्दै आफूलाई सच्याएर अबको चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराइले पार्टीलाई एक ढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् भने अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा अझै पनि राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले, गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले विकासका विषयमा कांग्रेस प्रतिबद्ध रहेको बताएका थिए ।

वि.सं. २०७३ वैशाखमा शुरु भएको ४५ मिटर लामो पुल २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको थियो । तत्कालीन जिल्ला विकास समितिमार्फ २ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण भएको पुलले रानीगाउँ, डिहीगाउँ, शेवर, दुम्सीचौर, दुम्सीकोट, निर्बु, बराहखोला, अँधेरीभञ्ज्याङ, पोखरेलफाँट लगायतका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले बताएका छन् ।

विगतमा पुल अभावमा कजवेबाट आवतजावत गर्नुपर्दा वषर्ायाममा निकै सास्ती हुने गरेको स्मरण गर्दै अधिकारीले पुल निर्माणपछि र्सवसाधारणलाई राहत मिलेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker