वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

तनहुँको भानु नगरपालिकाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले बुधबारवडा नम्बर ११ बाट ७४ जना, १२ बाट २६ जना र १३ बाट १४३ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।

पालिकाको जनमैत्री सेवा प्रवाह र नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको हो ।

नगरपालिकाका अन्य वडाबाट समेत राष्ट्रिय परिचयपत्र वितरण कार्य छिट्टै सञ्चालन गरिने भएको छ । तस्विर : भञ्ज्याङ










