देवघाटमा सतबीज छर्ने भक्तजन न्यून

आज बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट आएका हुन् । कोरोनाको जोखिम यथावत रहेका बेला भक्तजनको भीड हुने भएकाले नआउन क्षेत्र विकास समितिले आग्रह गरेको थियो ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले गत वर्षको अनुपातमा आज २० देखि २५ प्रतिशत मात्र भक्तजन देवघाटमा सतबीज छर्नका लागि आएको बताउनुभयो । उहाँले आएका भक्तजनका लागि बिजुलीबत्ती, पानी र सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो । सरकारले नै मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम राखेको उल्लेख गर्दै उहाँले बालाचतुदर्शी पनि घरमै बसी मनाउन आग्रह गरिएको बताउनुभयो ।

बालाचतुर्दशीका दिन प्रत्येक वर्ष देवघाटमा सतबीज छर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सतबीज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । उहाँले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker