दमौली बजार एकाईको २६ औं साधारणसभा सम्पन्न

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको २६ औं वाषिर्क साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

उक्त साधारण सभाको उद्घाटन गर्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले व्यवसायीहरुको आयश्रोत बढाउनका लागि विभिन्न किसिमको तालिमहरुको आवश्यक रहेको बताएका छन् । उनले भने, इकाइले व्यवसायीको हकहितमात्र नभई सामाजिक काममा पनि अघि बढेको छ ।’ कोभिडका बेला स्वास्थ्यसँग सम्बन्धित कामहरू गरेर इकाइले नमुना काम गरेको श्रेष्ठले बताए।

एकाईका सभापति भुपाल आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका पूर्व अध्यक्ष अशोककुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यलय तनहुँका एसपी राजेन्द्र बाबू रेग्मी, व्यास ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, महिला उद्यमी विकास समितिका सभापति सकुन्तला आले, महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्ल लगायतले सम्पुर्ण व्यवसाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

संघले कर सम्बन्धि तालिम, सदस्यता नविकरण, बाढी पीडितलाई राहत संकलन, सिसि टिभी क्यामराको सहि व्यवस्थापनको लागि सुरक्षा निकाय सँग समन्वय गर्दै थप प्रभावकारी कसरी गराउन सकिन्छ भनेर छलफल लगायतका कार्यहरु गरेको जानकारी गराइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker