सवारी दुर्घटना न्यूनीकरणका लागि जिप्रका तनहुँको पहल

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थालेको छ । राजमार्ग खण्डमा दैनिकजसो दुर्घटना हुन थालेपछि प्रशासन कार्यालयले दुर्घटना न्यूनीकरणका लागि पहल थालेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा सम्बन्धी बैठकले सवारी दुर्घटना न्यूनीकरण, पैदलयात्रु तथा बालबालिकाको सुरक्षाका लागि सरोकारवाला निकायहरुको सहयोग र समन्वयमा सचेतनामूलक क्रियाकलाप तथा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सवारी चापका कारणले राजमार्गसँग सिधा सम्पर्क हुने सडकहरुमा अवरोध हुने गरी सार्वजनिक तथा निजी सवारी साधनहरुको पार्किङ भइरहेकाले उपयुक्त स्थानमा पार्किङ व्यवस्थापनमा पहल गर्न नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ अधिकारीले बताए ।

यस्तै बिहान ८ः३० बजेदेखि १० बजेसम्म र दिनको ३ः३० बजेदेखि ५ बजेसम्म राजमार्गको दमौली बजार क्षेत्रमा एलायन्स क्लव र विद्यालयका जुनियर रेडक्रस र नेपाल स्काउटका विद्यार्थी समेतको सहकार्यमा स्वयंसेवक परिचालन गरी ट्राफिक नियम पालना एवं सचेतना अभिवृद्धि गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार सरकारी, संस्थागत विद्यालयका सवारी चालक र सहचालकलाई प्याब्सन र एनप्याब्सनको समन्वयमा ट्राफिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सो कार्यमा ट्राफिक प्रहरी कार्यालयले प्रशिक्षक उपलब्ध गराउनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker