नेपाल तमु विद्यार्थी छोंज धीं को केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा

दमौली : नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धींले तनहुँको सदरमुकाम दमौलीमा १२औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । यही कात्तिक २४ देखि २६ गतेसम्म छोंज धींको महाधिवेशन गर्ने तयारी भएको राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले बताए ।
महाधिवेशनका बारेमा जानकारी गराउन बुधबार दमौलीमा आयोजित पत्रकार सम्मलनमा संयोजक तमुले महाधिवेशनमा एक हजार पाँच सय जनाको सहभागिता रहने जानकारी दिए। महाधिवेशन सम्पन्न गराउन करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।
उक्त महाधिवेशनको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्य सहित विसं २०५२ साल माघ २६ गते स्थापना भएको हो ।
विसं २०५२ साल माघ २६ र २७ गते बुटवलमा प्रथम महाधिवेशन, विसं २०५४ सालमा काठमाडौमा दोस्रो सम्मेलन, विसं २०५७ मा चितवनमा तेस्रो सम्मेलन, विसं २०६० सालमा धरानमा चौथो सम्मेलन, विसं २०६३ सालमा पोखरामा पाँचौ सम्मेलन, विसं २०६६ सालमा पोखरामा छैटो सम्मेलन, विसं २०६८ सालमा बुटवलमा सातौ, विसं २०७० मा काठमाडौमा आठौ, विसं २०७५ मा काठमाडौमा नवौ, विसं २०७९ मा काठमाडौमा दशौं सम्मेलन सम्पन्न भएको बताइएको छ ।
संयोजक तमुले भने, “सम्पूर्ण विद्यार्थी सङ्गठनहरुसँग पारस्परिक सहयोग, सद्भाव एवं मैत्रीपूर्ण साझेदारी कायम राखी, आत्मनिर्णयको अधिकार सहित जातीय स्वशासन, राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक पहुँच एवं न्यायिक समतामूलक समाज व्यवस्था, जातीय तथा शैक्षिक चेतना माथि उठाइ नेतृत्व विकास गर्दै तमु जातिको मुक्ति, तमुवान प्रदेश प्राप्तिका लागि तमु विद्यार्थीबीच भावनात्मक एकता, पारस्परिक सहयोगको स्थापना गर्ने संस्थाको प्रमुख उद्देश्य हो ।”
यस्तै, महाधिवेशन उद्घाटनका अवसरमा ¥याली सहित सांस्कृतिक कार्यक्रमसहित दमौली बजार परिक्रमा गरिनेछ । व्यास नगरपालिका–३ स्थित सभाहलमा गर्न लागिएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि तमु समाजका प्रतिनिधि तथा स्थानीय तहले समेत सहयोग गरेको आयोजकले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker