रेडक्रसद्वारा दमौली अस्पताललाई स्वास्थ्य सामाग्रि सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

दमौली अस्पताललाई नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा रेडक्रसले दमौली अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरेले दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । अस्पताललाई दश हजार थान मास्क, पाँच सय ७६ थान स्यानीटाइजर तथा तीन हजार थान पञ्जा हस्तान्तरण गरिएको स्टप दि स्प्रिड कार्यक्रमका फोकल पर्सन अनुज बिमलीले जानकारी गराए ।
रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरिक्षक दिनेशराज मैनाली, रेडक्रस केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक सन्देश थापा, तनहुँकी मन्त्री चिनु पोखरेल लगायतको उपस्थितिमा सामाग्रि हस्तान्तरण गरिएको थियो । यस्तै, फाउण्डेशनले बन्दीपुरका छ खोप केन्द्रमा स्वयंसेवक परिचालन गरेको बताइएको छ ।