व्सासको वडा नं. ८ स्थित रिस्ती खोलामा दुइ वटा पक्की पुल निर्माण गरिदै

तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा दुइ किमिको फरकमा दुइ पक्की पुल निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फ् वडा नं ८ मा दुइ पक्की पुल निर्माण शुरु गरिएको हो । वडा नं ८ र लमजुङको मध्यनेपाल नगरपालिका-१ तथा वडा नं ८ र मध्यनेपाल नगरपालिका-२ जोड्ने रिस्तीखोला माथि पक्की पुल निर्माण शुरु गरिएको छ । उक्त पुलको दूरी दुइ किलोमिटर रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए।

“दुवै ठाउँमा पुलको अति आवश्यकता रहेकाले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फ् योजना परेर पुल निर्माणको काम शुरु गरिसकेका छौ”, ढुङ्गानाले बताए । व्यास-८ र मध्यनेपाल-१ जोड्ने पुल निर्माणका लागि रु चार करोड ४७ लाख २९ हजार ५३६ मा सम्झौता भएको छ । विसं २०७६ पुस २३ गते सम्झौता भएको पुल विसं २०७८ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

पुल निर्माणको ठेक्का रोशन कन्स्ट्रक्सन लिमिटेडले पाएको छ। बाउन्न मिटर लामो पुल निर्माणका लागि सरकारले चालू आर्थिक वर्षा रु एक करोड २० लाख बजेट विनियोजन गरेको ढुङ्गानाले जानकारी दिनुभयो ।

यस्तै असोज तेस्रो सातादेखि व्यास-८ सोतीबेँशी र लमजुङको मध्यनेपाल-२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ढुङ्गानाले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइएसएस हिम निर्माण सेवा जेभी काठमाडौसँग सम्झौता भएको जानकारी दिए । रु चार करोड १६ लाख ४५ हजार ८४० को लागतमा निर्माण हुने पुलको लम्बाई ४० मिटर र चौडाइ ८.४ मिटर रहेको छ। सिङ्गल बिम पुल निर्माणका लागि रु पाँच करोड ३५ लाख २६ हजार दुइ सयको इष्टमेट गरिएको थियो ।

पुल निर्माणका लागि विसं २०७७ असार ७ गते सम्झौता भएको थियो । विसं २०७८ पुस ७ गतेभित्र पुल निर्माण सम्पन्न हुनेछ। पक्की पुल नहुँदा दुइ जिल्लाका स्थानीयवासीलाई आवतजावत सास्ती हुँदै आएको थियो । पक्की पुलको अभावमा घण्टौ हिँडेर आवतजावत गर्नुपर्ने बाध्यता पुल निर्माण भएसँगै हट्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker