गण्डकीमा प्रदेशसभाको विशेष अधिवेशन माग

  • भञ्ज्याङ समाचारदाता (पोखरा)

गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन लिखित माग गरेका छन् । दुवै दलका गरी १७ प्रदेशसभा सदस्यले हस्ताक्षर गरी मंगलबार गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र जनता समाजवादीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीलाई बैठक माग गरिएको पत्र हस्तान्तरण गर्नुभएको थियो ।

संविधानले नागरिकलाई स्वास्थ्यसम्बन्धी मौलिक हक प्रदान गरेको भए पनि विपन्न र असहाय नागरिकले परीक्षण र उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको, महङ्गी अस्वभाविक बढेको, बजेट कार्यान्वयन निराशाजनक रहेको र जनसरोकारका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न सरकार असफल भएको पत्रमा उल्लेख छ । कांग्रेस दलका नेता नेपालीले कोरोनाबाट जनजीवन प्रभावित भएको अवस्थामा जनस्वास्थ्य र जीवनसँग सम्बन्धित संवेदनशील विषयमा प्रदेशसभा मौन रहन नहुने र यस बारेमा संसद्मा छलफल आवश्यक भएकाले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार विशेष अधिवेशन माग गरिएको बताए । उनले भने, ‘शुरुदेखि नै हामी विश्वव्यापी महामारी कोरोनाका विषयमा सरकारलाई सचेत गर्दै आएका थियौँ । महामारीको प्रभाव अहिले पनि रहेको र सबै क्षेत्रमा यसको असर परेको अवस्थामा जनताको समस्या सदनमा छलफलका लागि विशेष अधिवेशन माग गरेका हौं ।’

जनता समाजवादीका प्रदेशसभा सदस्य आचार्यले कोरोना संक्रणमण र मृत्यु दर समेत बढेको अवस्थामा सरकारले परीक्षण र अस्पतालमा जनशक्ति व्यवस्थापनमा सरकारले बेवास्ता गरेको बताउँदै जनसरोकारका विषयमा छलफलका लागि संसद् अधिवेशन माग गरिएको बताए । प्रदेशसभाको अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले अधिवेशनको मिति तोक्न सक्ने संविधानमा व्यवस्था गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker