व्यास नगरपालिकाले प्रत्येक महिना नगरबासीसंग सम्वाद गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नगरवासीसंग सम्वाद कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले हरेक महिनाको २ गते बिहान ११:३० बजे नगररपालिकामा सम्वादन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत समेतको उपस्थितिमा नगरवासीसंग सम्वाद नर्गुका साथै हरेक महिनाको एक दिन सम्बन्धित वडा समितिले निर्णय गरेको मिति, समय र स्थानमा वडा बासींसंग वडाअध्यक्ष सहित प्रतिनिधिसंग सम्बाद कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कार्यपालिका बैठकले प्रथम नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, पूर्व नगरप्रमुख ध्रुव वाग्ले, इ. सूर्य नारायण श्रेष्ठ, पर्यटन विद हरिसिं गुरुङ, कृषि विज्ञ थम बहादुर दरै सहितको पाँच सदस्यी सल्लाहकार मनोनयन गरेको । बैठकले महिला समेतको सहभागिता हुने गरी अर्को बैठकले सल्लाहकार थप गर्ने निर्णय गरेको छ । बैठकले व्यास नगर स्वयं सेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ पारित गर्नुका साथै ४० जना स्वयंसेवक शिक्षक समावेशी आधारमा छनोट गर्ने निर्णय गरेको छ ।

यस्तै, मतदान केन्द्र परिवर्तन सम्बन्धमा र्सवदलिय वैठकबाट भएका निर्णय अनुसार मतदान केन्द्र थप विवरणको आवश्यक तयारी गर्न सम्बन्धित वडा समितिलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

बैठकले नगरको कानूनी सल्लाहकारमा अधिवक्ता यज्ञ बहादुर रानालाई निरन्तरता दिने निर्णय गरेको छ भने, वडा नं. ९ का अध्यक्ष सुरेश थापाको अध्यक्षता रहने गरी वडा नं. ६ का अध्यक्ष जीवन गुरुङ, वडा नं. ३ का सदस्य विश्व अधिकारी सदस्य रहने गरी खेलकुद समिति बनाएको छ । वडा नं. ६ का अध्यक्ष जीवन गुरुङलाई प्रवक्तामा मनोनय गर्ने बैठकले निर्णय गरेको छ ।

विपद् व्यवस्थापन अन्तर्गत सतर्क रहन नगरबासीलाई अनुरोध गर्ने र पुनःस्थापनाका लागि तत्काल सम्बोधन गर्न आवश्यक जाली, हृमुम पाइप खरिद गर्ने, घर, गोठ, जग्गा जमिन संरक्षणको व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । गत फागुन २० गते भएको दमौलीको आगलागी पीडित र अन्य विभिन्न घटनाबाट प्रभावितहरुलाई राहत सुविधा उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker