तनहुँको डुम्रेमा हिक्मत टायर रिसोलिङ्ग सञ्चालन

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
तनहुँको डुम्रेमा हिक्मत टायर रिसोलिङ्ग एण्ड टायर पसलले टायर बिक्री तथा कोल्ड रिसोलिङ्ग सेवा शुरु गरेको छ । बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले पसलको शुभारम्भ गर्दै आफ्नो पालिकामा उद्योग व्यवसाय थपिँदै जाँदा सेवा र रोजगारीको अवसर बढ्दै जाने र स्थानीयको आय स्तर पनि बढ्ने हुँदा त्यस तर्फ गाउँपालिका सकारात्मक रहेको र उद्योग मैत्री कानुनहरु तयार गरिएको बताए ।
कार्यक्रममा सेन्टरका संचालक हरिश्चन्द्र अधिकारीले उपलब्ध सेवाहरू र प्रविधिको बारेमा जानकारी थिएका थिए । अर्का संचालक हिक्मत सेरावलले सेन्टरमा एमआरएफ र सिएट ब्रान्डका टायरहरु बिक्रिको समेत व्यवस्था गरिएको र १५ देखि २० सम्मका सबैखाले टायरहरु रिसोलिङ्गको सुविधा रहको समेत जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि, व्यापारीहरु लगायतले शुभकामना व्यक्त गरेका थिए । करिब ४० लाख रुपैयाँको लागतमा चिसोपानी स्थित कुबेर आयल अगाडि उक्त सेन्टर सञ्चालनमा ल्याइएको छ ।










