म्याग्दे गाउँपालिकाको सभाहल शिलान्यास

  • भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिका सभाहलको निर्माण अगाडि बढाएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सोमबार हलको शिलान्यास गर्दै गाउँपालिकाको प्रशासनिक भवन लगत्तै गाउँ सभाहलको शिलान्यास हुनुले गाउँपालिकालाई स्थायित्व दिएको बताए ।

गाउँ कार्यपालिकाका सबै टिमले एक ढिक्का भइ नीति तथा योजना तयार गरेको र विकासका काममा पार्टी भन्दा माथि उठेर लागेकाले नै म्याग्दे हरेक काममा अब्बल देखिएको प्रमुख वाग्लेले बताए । गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले शुरुवातमा कानुन बन्न ढिलाइ हुँदा काममा केही ढिलाइ भएको जस्तो देखिए पनि अहिले विकासले गति लिएको रविकासमा राजनीति नगरेको उनको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले थुप्रै बिकास निर्माणका काम गरेको बताए । शिक्षाको क्षेत्रमा पूर्वाधार निर्माणदेखि बाटोघाटो फराकिलो, पिचसँगै खानेपानीका क्षेत्रमा पुरानो योजना मर्मत र नयाँ योजना सम्पन्न गर्ने काम गरिएको र ५ बर्ष भित्रमा सबैका घरघरमा खानेपानी धारा पुर्‍याइने नीतिगत निर्णय भएको बताएका थिए । गाउँपालिकाले करिब नौ करोड ४९ लाख रूपैयाँको लागतमा सभाहल बनाउने गरी डिपिआर तयार गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker