मुग्लिङ–पोखरा सडक विस्तार सुरु : आँबुखैरेनी र बन्दीपुर गाउँपालिका खण्डमा रुख काट्न थालियो

भञ्ज्याङ न्यूज

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्ग अन्गर्तत मुग्लिङ–पोखरा सडक खण्ड विस्तार सुरु भएको छ । पहिलो चरणमा सडक सीमाभित्रका रूख काट्न थालिएको छ । जिल्लाको आँबुखैरेनी र बन्दीपुर गाउँपालिका खण्डमा रूख काट्न थालिएको हो ।

सडक विस्तार आयोजनाले हालसम्म १९७ वटा रूख काटेको आयोजनाका इन्जिनियर पुष्कर रेग्मीले बताए । सडक विभाग आयोजना निर्देशनालयले पहिलो चरणमा मुग्लिङ–पोखरा सडकको आँबुखैरेनी–पोखरा खण्ड निर्माण अघि बढाएको हो । सडक विस्तारका क्रममा राइट अफ वेमा पर्ने एक हजार एक सय मिटरसम्मका सानाठूला रूख काटिसकिएको उनको भनाइ छ ।

‘तिहारअगाडि बन्दीपुरभित्रका करिब एक सय मिटरसम्मका रूख हटाउने काम भयो, तिहारलगत्तै आँबुखैरेनी खण्डका रूख काट्न थालिएको छ ।’ रूख काटेर संकलन गर्न १२ कर्मचारी खटाइएको छ । पहिलो चरणमा रूख काटेर सडक डिभिजन कार्यालयलाई बुझाउने र अन्य प्रक्रिया पूरा गरी काटिएका रूख डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।

राष्ट्रिय राजमार्गको स्तरोन्नति र विस्तार कार्यक्रमअन्तर्गत साविक दुई लेनमा रहेको मुग्लिङ–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्ने क्रममा जिल्लाभित्रका ६ हजार ७ सय ५० रूख काटिने डिभिजन वन कार्यालयका सहायक प्रमुख अरुण पराजुलीले बताए । सडक विस्तारका क्रममा कास्की खण्डमा एक हजार २ सय ५० रूख काटिनेछ । खयर, सिसौ, कटुस, कटर, कपुर, चिलाउने, सिफललगायतका रूख काटिनेछन् । मुग्लिङ–पोखराको दूरी ८८ किमि छ ।

आँबुखैरेनी–पोखराको लम्बाइ ८० किमि छ । निर्देशनालयले आँबुखैरेनी–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी–जामुने (४१ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (३९ किमि) पश्चिम खण्ड छन् । आँबुखैरेनीदेखि मुग्लिङ खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदै छ । यस खण्डमा मर्स्याङ्दी जलविद्युत् गृह रहेकाले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ ।

पश्चिम खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड र पूर्वी खण्डको जिम्मा चीनकै कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ । पृथ्वी राजमार्गको करिब ७२ किमि सडकखण्ड तनहुँ खण्डमा पर्छ । यसअन्तर्गत आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रेलगायत सानाठूला बजार क्षेत्र पर्छन् । यी बजारमध्ये बढी मात्रामा आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौलीलगायत बजार क्षेत्र प्रभावित हुनेछन् । अध्ययनअनुसार तनहुँका ६ सय घरटहरामा क्षति पुग्ने अनुमान छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker