एमाले तनहुँले प्रतिनिधीसभामा ७ र प्रदेशसभामा २१ समानुपातीक तर्फका उम्मेदवारको नाम सिफरिस

भञ्ज्याङ न्यूज

नेकपा एमाले तनहुँले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ क्षेत्रीय कमिटीले सिफारिस गरेका नामलाई नै जिल्ला कमिटीले सिफारिस गरेको हो ।

तनहुँ-१ का लागि एकबहादुर राना सिफारिस भएका छन् । तनहुँ-२ का लागि किरण गुरुङ, केदार सिग्देल र विष्णु अधिकारीको नाम सिफारिस गरिएको छ ।

यस्तै, नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको वैठकले प्रतिनिधीसभा समानुपातिकमा ७ र प्रदेशसभा समानुपातिकमा २१ जनाको नाम सिफारिस गरेको गरेको छ ।

बैठकले प्रतिनिधीसभा समानुपातिक तर्फ शेषमणी आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकवहादुर राना, विश्ववन्धु भण्डारी र राधाकुमारी महतको नाम सिफारिस गरेको छ ।

त्यस्तै, प्रदेशसभा समानुपातिक तर्फ शिव अधिकारी, सविता रसाइली, धर्म खनाल, हरि वहादुर थापा, वावुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्याम कुमार श्रेष्ठ, सीता घिमिरे, देव वहादुर गुरुङ, कृष्णराज ढकाल, ममिन मिया, रण वहादुर गुरुङ, नुर महमद मिया, राम कुमार श्रेष्ठ, इन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सिताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ, घनश्याम देवानको नाम सिफारिस गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker