देवघाटको नीति तथा कार्यक्रम : स्थानीय आवश्यकताका साथै कृषि र पशुपालन प्राथमिकतामा
भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले स्थानीय आवश्यकताका आधारमा भैतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यसंगै कृषि तथा पशुपंक्षी विकास कार्यक्रमलाई विशेष प्रथामिकतामा राखेको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
उपाध्यक्ष भुवन सिंह गुरुङको अध्यक्षतामा आयोजित नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा वडा नं. ५ का वडाध्यक्ष पूर्ण बहादुर कुँवरले आर्थिक वर्ष २०७९/०८० को आर्थिक विधेयक प्रस्तुत गरेका थिए भने वडा नं. ४ का वडाध्यक्ष मित्रलाल गुरुङले गाउँसभा अन्तर्गतका विभिन्न विषयगत समितिहरु गठन र कार्यविधि सार्वजनिक गरेका थिए ।
गाउँपालिकाले ‘कृषिका लागि सिंचाई’ कार्यक्रम सञ्चालन गरी सुख्खा एवं बाँझो जग्गामा कृषि कार्य गर्न अभिमुखिकरण गरी कृषि उत्पादन र उत्पादकत्व बढाउन अभ्रि्रेरित गर्ने नीति अगाडि ल्याएको छ । चालु आर्थिक वर्षको बाख्रा पालन र सुन्तला पकेट क्षेत्रलाई प्रभावकारी बनाई सम्भाव्यताको आधारमा थप बाख्रा तथा सुन्तला पालन पकेट क्षेत्र बनाउने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने, फलफूलहरुको उत्पादकत्व वृद्धि गर्न प्राविधिक सहयोग, मल, बीउ भिटामिन, तालिमको व्यवस्थ उद्योग/वाणिज्य तर्फ : रोजगारी मूलक कृषि उद्योगको पर््रवर्द्धन गर्ने, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अर्न्तर्गत नयाँ लघु उद्यमी सिर्जना र पुराना उद्यमीहरुलाई स्तरोन्नती गरिदै लग्ने नीति बनाएको छ ।
उद्यमशिलता मार्फत सीप विकास तालिम छनौट गरी मागमा आधारित सीप विकास तालिम सञ्चालन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्न आवश्यक समन्वय गर्ने, सरकारी, नीजि क्षेत्र, सहकारी तथा गैर सरकारीसँग सहकार्य गरी विभिन्न उद्योगहरु तथा लघु उद्यम सञ्चालनमा जोड दिने, सबै प्रकारका व्यवसाय अभिलेखिकरणको कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गर्ने, द्वन्द्व पीडित महिला र अपाङ्गता भएका व्यक्तिहरुका लागि आय आर्जन कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले नीति बनाएको छ ।
यस्तै, एक वडा न्यूनतम एक विद्यालय सुधार योजना कार्यक्रम ल्याउने, एक वडा एक मातृ विद्यालय कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ, सूचना प्रविधिमा आधारित पाठ्यसामाग्री विकासको लागि अध्ययन गरी उपयुक्त हुने प्रविधिको विकास गर्ने, सूचना प्रविधिको पहुँच तथा पुस्तकालय व्यवस्थापनमा विस्तार गर्दै लग्ने, विद्यालयमा स्वास्थ्यमूलक सचेतना कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक विद्यालयमा अभिभावक शिक्षा सम्बन्धी अभिमुखिकरण तालिम दिने, अनिवार्य अतिरिक्त क्रियाकलाप, प्रत्येक महिनाको अन्तिम दिन समिक्षा बैठक गर्ने, सुझाव पेटिका अनिवार्य राख्ने, विद्यालयमा अनिवार्य रुपमा गुनासो तथा सूचना अधिकारीको व्यवस्था गर्नुका साथै सबै माध्यमिक तहमा अनिवार्य विज्ञान प्रयोगशाला, कम्युटर कक्षा हुनु पर्ने र कक्षा ६, ७ र ८ मा समेत आवश्यकता अनुसार कार्यान्वयन गर्नुका साथै प्रत्येक विद्यालयलाईर् इ-नमूना आचारसंहिता बनाई कार्यान्वयनमा ल्याउने नीति गाउँपालिकाले बनाएको छ ।
गाउँपालिकामा खेलकुदको संस्थागत विकास गर्न आवश्यक कानूनको तर्जुमा गर्ने भएको छ । युवाहरुसँग समन्वय गरी विभिन्न खेलकुद एवं खेलकुदसँग सम्बन्धित क्रियाकलापहरु सञ्चालन गर्ने, युवा शक्तिहरुलाई सामाजिक विकृतिमा लाग्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने, वडा नं. १ कोटामा रहेको गाउँपालिका स्तरीय खेलग्रामको निर्माण सम्पन्न गर्न पहल गर्ने, गाउँपालिका भित्र रहेका युवाहरुका लागि यूवा सशक्तिकरण कार्यक्रम सञ्चालन ल्याउने, वडा नं. ५ घिनाटारमा मधु कवर्ड हल निर्माण कार्यको लागि समपुरक कार्यक्रम मार्फ प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने, एक वडा एक खेल मैदान बनाउन गाउँपालिका लागि पर्ने भएको छ ।
गाउँपालिकाले ज्येष्ठ नागरिकको लागि सार्बजनीक स्थानमा बस्नको लागि बिश्राम स्थल निर्माण तथा मर्मतको ब्यवस्था गरी उक्त स्थानहरूमा आवश्यक अन्य सुबिधा र समय समयमा स्वास्थ जाँच गराउने व्यवस्था गर्ने भएको छ । वृद्ध-वृद्धाहरुको उपचारको लागि उपयुक्त स्थान पहिचान तथा छनौट गरी १०० शैय्या सम्मको नेपालकै केन्द्रीय वृद्धवृद्धा अस्पताल निर्माण गर्न संघीय सरकार समक्ष पहल गर्ने भएको छ ।
क्वादी खोला खानेपानी आयोजनलाई समयमा नै सम्पन्न गर्राई वितरण प्रणाली मार्फ २४सैं घण्टा खानेपानीको आपूर्ति व्यवस्था नीति बनाएको गाउँपालिकाले साबुन पानीले हात धुने अभियानलाई निरन्तरता दिने भएको छ । खानेपानीलाई सबै वडाको जनताको माग र आवश्यकता अनुसार सहज र व्यवस्थित बनाउन प्रदेश सरकार, केन्द्र सरकार, युनिसेफ लगायत अन्य दातृ निकाय र उपभोक्ता समितिको सहभागितामा सबै खानेपानी योजनाहरूमा सुरक्षित खानेपानीको पहुँच तथा विस्तार गरी एक घर एक धारा अभियानलाई पुरा गर्ने भएको छ।
गाउँपालिकाले रोजगार कार्यक्रम मार्फत आदिवासी जनजाति वर्गहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सशक्तिकरण कार्यक्रम र आय आर्जनका लागि विभिन्न सिपमूलक कार्यक्रम, संस्कृति संरक्षणका सञ्चालन गर्नुका साथै आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग एवं महिलाहरुलाई सहयोग पुर्याउने कार्यक्रम प्राथमिकतामा राखेको छ ।
दीर्घ रोगीहरुको लागि जनप्रतिनिधीहरुको सहभागीतामा स्वास्थ्यकर्मी सहितको टोली वर्षा कम्तिमा तीन पटक ज्येष्ठ नागरिकको घरदैलोमा नै गई स्वास्थ्य सेवा प्रदान गर्ने गरी स्वास्थ्य नीति कार्यक्रम अगाडि ल्याएको गाउँपालिकाले अल्पसंख्यक -बोटे, बराम, चेपाङ्ग जातिका) लागि ‘अल्पसंख्यकलाई निःशुल्क स्वास्थ्य विमा’ कार्यक्रम ल्याउने भएको छ ।
देवघाट स्वास्थ्य चौकीको स्तरवृद्धि गरी १० शैय्याको अस्पताल बनाउनको लागि नेपाल सरकारबाट स्वीकृति भई टेण्डर प्रक्रिया मार्फत काम शुरु भएकोमा समयमा नै सम्पन्न गर्राई अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा साधन स्रोत सम्पन्न बनाई सुचारु गराइने भएको छ । गर्भवती महिलाको पति, सासु, ससुराको लागि गर्भवती महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिने र प्रत्येक महिनाको १ पटक गर्भवती महिला स्वास्थ्य चौकी आएर स्वास्थ्य परीक्षण गराउँदा एक सय रुपैयाँका दरले खाजा खर्च उपलब्ध गराउने, संस्थागत सुत्केरी गराउने स्वास्थ्यकर्मीलाई प्रति सुत्केरी एक हजार रुपैयाँ प्रोत्साहन भत्ता समेत दिने गाउँपालिकाले नीति लिइएको छ ।
स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन गाउँपालिका स्वास्थ्य नीति, कानून र मापदण्ड तर्जुमा गर्ने, स्वास्थ्य कार्यक्रम तर्फप्राथमिक स्वास्थ्य सेवा कार्यक्रम क्षयरोग नियन्त्रण कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन तथा प्राकृतिक स्वास्थ्य अगुवा म.स्वा.से. कार्यक्रम सञ्चालनमा ल्याउने, सुनौलो हजार दिन कार्यक्रमको प्रचार प्रसार गर्ने र २० वर्षछि मात्र बच्चा जन्माउने मान्यताको अभिमुखिकरण गराइने नीतिलाई निरन्तरता दिने भएको छ ।
वडा नं. ३ को छिपछिपे स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकी बनाउने, एचआई एड्स, डेंगु पाठेघर खस्ने जस्ता समस्याको सम्बन्धमा सेवामूलक कार्यक्रम, आमा सुरक्षा कार्यक्रमलाई सेवामूलक रुपमा अगाडि बढाउने भएको छ ।
क्यान्सर, मुटु, मृगौला आदिको उपचारको लागि विपन्न गरीब बिरामीलाई आर्थिक सहायता दिने नीतिलाई निरन्तरता दिने, पोषण र सन्तुलित भोजन र विभिन्न प्रकारका सरुवा रोगहरुबाट बच्ने उपायहरुको बारेमा व्यापक प्रचार गर्ने, ५ वर्षमुनिका बच्चाहरुलाई पूर्ण खोप कार्यक्रम व्यवस्थापन गर्ने, क्षयरोग तथा कुष्ठरोगका विरामीहरु पहिचान गरी कार्यक्रम सञ्चालन गर्ने, २४ घण्टा प्रसुती गृहलाई सुविधा सम्पन्न बनाई सञ्चालन गर्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम र्सार्वजनिक गरेको छ ।
यस्तै, गाउँपालिकाले नीति तथा कार्यक्रम जनअपेक्षा तथा आवश्यकता भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको श्रोत साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावना लगायतका दृष्टिकोणले महत्वपूर्ण मानिएका योजनाहरुलाई गौरवका योजनाको रुपमा अगाडि बढाउने भएको छ । उपलब्ध श्रोत साधनको आधारमा बहुवर्षीय योजनाको रुपमा क्रमश श्रोत साधनको व्यवस्था गरी सम्पन्न गर्ने भएको छ ।
गाउँपालिकाले कोटा रङ्गशाला, वडा नं. १ को कोटा, छरछरे झरना तथा पर्यटन विकास, कोटा, खाल्टे खेलग्राम, घण्टाचुली भ्यू टावर पर्यटकीय स्थल देवघाट १ र २ घण्टाचुली, कोटवैदी कृषि अनुसन्धान केन्द्र, देवघाट २ कोटवैदी, जनजाती संग्राहालय देवघाट ४ कर्ताप, ऐतिहासिक प्याउली गढी, देवघाट ४ डुँडे, देवघाट-साउने, कर्ताप सडक, देवघाट ४ र ५, गाईघाट, काफलडाँडा छिपछिपे सानुभञ्ज्याङ्ग सडक देवघाट ४, १, ३ र २, सुन्तला मार्ग देवघाट ३, खाल्टे मास्दीघाट सडक देवघाट २, देवघाट गाउँपालिका अस्पताल देवघाट ५, साराङघाटदेखि ३ नं. वडा कार्यालय जोड्ने मोटर मार्ग, देवघाट धार्मिक पर्यटन पद मार्ग, सिंच्याङ्ग पार्लाङ्ग-साराङ्गघाट सोमेश्वर मार्ग, गाउँपालिका प्रशासकीय भवन आदिलाई गौरवका योजनाका रूपमा अगाडि बढाउने भएको छ ।










