इँटा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामग्री र पोशाक वितरण

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिका-११ स्थित घाँसीकुवा इँटा उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरुका लागि सोमबार शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ । घाँसीकुवा इट्टा उद्योगमा एक कार्यक्रमका बीच एकिकृत हरित विकास नेपाल संस्था र ग्लोबल फेयेरनेश इनिसिएटिभ संस्थाको सहकार्यमा संचालित बेटर ब्रिक नेपाल नामक कार्यक्रम मार्फत कामदारका २४ जना बिद्यालय जाने बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।
व्यास-११ का वडा अध्यक्ष निरबहादुर खड्काले चण्डिका आधारभूत बिद्यालयमा अध्यनरत बालबालिकालाई शैक्षिक सामग्री र पोशाक हन्तान्तरण गर्दै कामदारका बालबालिका भएपनि अवसर पाए ती बालबालिका समेत भविष्यमा ठूलो मान्छे बन्न सक्ने बताए । किकृत हरित बिकास नेपालका उपाध्यक्ष रामदत्त पौडेलले बिगत ३ बर्षदेखि इँट्टा उद्योगहरुमा सहयोग गर्दै आइरहेको र यस्तो सहयोगले आर्थिक र सामाजिक रुपमा बिपन्न बालबालिकाहरुलाई भविष्यमा अगाडि बढ्न सहयोग पुग्ने बताए ।