तनहुँमा बालसुधार गृह निर्माण हुँदै

रासस/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो ।

भवनको शिलान्यास केही समय अगाडि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले गर्नुभएको थियो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ढकालटारमा बालसुधारगृह भवन निर्माण हुनु गाउँपालिकाको लागि पनि गौरवको विषय भएको भन्दै यसका लागि थप सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत् भवन निर्माण भइरहेको छ ।

भवन निर्माणको ठेक्का काठमाडौँस्थित फुल्जोर निर्माण कम्पनी प्रालिले पाएको छ । कुल रु तीन करोड ९५ लाख आठ हजार दुइ सय पाँच लागत अनुमान गरिएकोमा रु दुइ करोड ७० लाख २३ हजार तीन सय २५ मा ठेक्का लागेको छ । विसं २०८० असार ३१ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा ढकालटारमा बालसुधार गृह निर्माण गर्ने सरकारले घोषणा गरेको थियो । सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बालसुधार गृहलाई बजेट विनियोजन गरिएको जानकारी गराउनुभएको थियो ।

ढकालटारमा बालगृह स्थापनाका लागि गतवर्ष सरकारले स्थलगत अनुगमन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको हो । ढकालटारमा विद्युत् प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker