तनहुँको घिरिङमा आगलागिबाट घर जल्यो
भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिड गाउँपालिका-२ तल्लो ध्यानुङमा आगलागिबाट घर जलेको छ । आगलागिबाट स्थानीय ४३ वर्षीय राम बहादुर परियारको ढुङ्गा माटोले बनेको खरले छाएको एक तले कच्चि घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परियारको घरमा आगलागी भएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले आगो पूर्ण रुपमा नियण्त्रणमा ल्याएको थियो । आगलागीबाट भाडावर्तन, लत्ताकपडा, अन्नपात गरी करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।










