बन्दीपुरमा चितुवा नियन्त्रणका लागि आहार सहितका पाँच वटा खोर राखियो

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ बर्षीय उत्सव गुरुङको गत जेठ २६ गते साँझ चितुवाको आक्रमणमा परि मृत्यु भएपछि अहिले त्यस क्षेत्रमा चितुवा नियन्त्रणका लागि बाख्रासहितका फलामे खोर राखेर पासो थापिएको छ । सोही वडा स्थित सिद्धथान सामुदायिक बनमा नरभंक्षी चितुवालाई नियन्त्रण लिनका लागि बाख्रासहितका पाँच वटा खोरमा पासो थापिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र बन्यजन्तु प्राविधिक थिरुलाल थारुको डार्टिङ्ग टोलीले त्यस क्षेत्रमा निगरानी बढाइरहेको छ । डार्टिङ्ग टोलीले चितुवा भेटेको अवस्थामा बेहोश बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए ।
उनले भने, ‘डार्टिङ्ग टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै  नियन्त्रणमा लिन सकिनेमा बिश्वास्त रहेको जनाएका छन् ।’ बन्दीपुरमा चितुवा आक्रमणमा परि चालु आबको साउनदेखि यता एघार महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने बालक दुई र एक बालिका रहेका छन् । डिभिजन वन कार्यालयका अनुसार वि.सं. २०७४ फागुन ९ गतेदेखि आठ बर्षको अवधिमा १२ बालक र पाँच बालिका गरी १७ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।
भानु, बन्दीपुर, आँबुखैरेनी, व्यास लगायतका पालिकामा चितुवा आक्रमणले मानवीय क्षति भएको छ । चितुवाको आक्रमणबाट आठ बर्षको अवधिमा २१ जना घाइते भएका छन् । घट्ना भएपछि स्थानीयबासीलाई साँझपख घरबाहिर ननिस्कन र सतर्कता अपनाएर बस्न र चितुवा देखिए तुरुन्त सम्पर्क गर्न समेत स्थानीयलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker