व्यास नगरपालिकाको ३४औं नगरसभा

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले ३४औं नगर सभा शुरु गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतमा मंगलबारबाट शुरु भएको नगर सभामा चालु आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम एवं बजेटका विषयमा छलफल गरिएको छ ।
सभामा नगरप्रमुख न्यौपानेले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सम्बन्धी समिक्षा विवरण प्रस्तुत गरेका थिए । त्यस्तै, उपप्रमुख मीरा जोशीले आर्थिक चालु आर्थिक वर्षको संशोधित बजेट तथा कार्यक्रम, संशोधित आर्थिक विधेयक, २०७७, संशोधित विनियोजन विधेयक, २०७७ प्रस्तुत भई त्यसका उपर छलफल प्रक्रियामा अगाडि बढाएकी थिइन् ।
संशोधित बजेट तथा कार्यक्रम, संशोधित आर्थिक विधेयक, २०७७, संशोधित विनियोजन विधेयक, २०७७ लगायत अन्य विभिन्न समसामयीक विषयमा नगर सभासद्हरु रविन पौडेल, चुडामणी दाहाल, बसुन्धरा घर्ती, कृष्ण बहादुर विष्ट, सुन्दर वाग्ले, लक्ष्मीकान्त मिश्र, प्रदिप आचार्य, निर बहादुर ठकुरी, ढाल प्रसाद घिमिरे, ज्ञानुमाया सुनार र कृष्णा खनालले छलफलमा भाग लिएका थिए ।
त्यस्तै, लेखा समितिका संयोजक काजिमान श्रेष्ठबाट आर्थिक वर्ष २०७५/०७६ सम्मको बेरुजु सम्बन्धी १० करोड ५० लाख ४७ हजार ७६० रुपैयाँको सम्परिक्षण गर्नु पर्ने प्रस्ताब पेश गरेका थिए । नगरपालिकाको ३४औं नगर सभाको अर्को बैठक बुधबार बिहान ८ बजेबाट सञ्चालन हुने हुने नगरपालिकाले जनाएको छ ।










