तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो, १०७६३५ जनाले पूरा मात्रको खोप लगाए

तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो ।

दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेपनि लक्ष्यको ८९ प्रतिशतले मात्र खोप लगाएका छन् । खोप लगाउनेमध्ये १६ हजार ६६३ छात्रा र १६ हजार १८१ छात्र छन् ।

भानुमा चार हजार ७५७, व्यासमा आठ हजार ९१३, शुक्लागण्डकीमा पाँच हजार ६१९ र भिमाद नगरपालिकामा दुई हजार ८१२ बालबालिकाले खोप लगाएका हुन् ।

यसैगरी म्याग्देमा एक हजार ४६४, घिरिङमा एक हजार २५३, ऋषिङमा दुई हजार ७७, देवघाटमा एक हजार ५३४, बन्दीपुरमा एक हजार ८९० र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ५२५ बालबालिकाले खोप लगाएका जनाइएको छ ।

पूरा खोप पाउनेको सङ्ख्या एक लाख

जिल्लामा एक लाख सात हजार ६३५ जनाले पूरा मात्रा खोप लगाएका छन् । पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक लाख ८३ हजार १९० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । भानुका १३ हजार ५७, व्यासका २८ हजार ६५६, शुक्लागण्डकीका १५ हजार २१९ र भिमादका आठ हजार ९३१ ले पूरा मात्रा खोप लगाएका छन् । म्याग्देका छ हजार ८२, घिरिङका छ हजार तीन सय ७०, ऋषिङका पाँच हजार ३९६, देवघाटका छ हजार ५४३, बन्दीपुरका नौ हजार १८२ र आँबुखैरेनीका आठ हजार १९९ ले पूरा मात्रा खोप लगाएका छन् ।

पहिलो मात्रा लगाउने भानुमा २५ हजार ४५५, व्यासमा ४३ हजार ३२७, शुक्लागण्डकीमा ३५ हजार ३०३, भिमादमा १६ हजार ७६, म्याग्देमा १३ हजार १६८, घिरिङमा सात हजार ५१९, ऋषिङमा नौ हजार ४८०, देवघाटमा नौ हजार २७०, बन्दीपुरमा १० हजार ३९५ र आँबुखैरेनीमा १३ हजार १९७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तनहुँमा बिहीबारसम्म कोभिड–१९ सक्रिय सङ्क्रमित छ जना मात्रै छन् । भानुमा एक, व्यासमा चार र बन्दीपुरमा एक जना कोरोना सङ्क्रमित छन् । शुक्लागण्डकी, भिमाद, म्याग्दे, घिरिङ, ऋषिङ, देवघाट र आँबुखैरेनी कोरोनामुक्त भएका छन् ।

विदेश जानेलाई खोप

व्यास नगरपालिकाले विदेश जानेलाई खोपको व्यवस्था मिलाउने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जान लागेकालाई नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन लागेको हो ।

राहदानीका आधारमा उनीहरुलाई जोन्सन खोप लगाइने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिकाको कार्यालयमा पुस १६, १८ र १९ गते खोप लगाइने छ ।

यसैगरी हालसम्म एकपटक पनि खोप नलगाएका १८ वर्षमाथिका नागरिकलाई पनि खोप दिइने भएको छ । नगरपालिकाले विभिन्न चरणमा सर्वसाधारणलाई खोप लगाउँदै आएको छ । अहिले विद्यालयमै ११ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप लगाइएको छ ।

यसैगरी म्याग्दे गाउँपालिकाले पुस १६ गतेदेखि २० गतेसम्म यसअघिको अभियानमा खोप नलगाएका १८ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीका अनुसार ती नागरिकलाई जोनसोन खोप लगाइनेछ । यस्तै भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिको अभियानमा दोस्रो मात्रा भेरोसेल खोप लिन छुट भएका नागरिकलाई दोस्रो मात्राको खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker