भानुको बाईसजाँगर बजारको अनुगमन

भानु : तनहुँको भानु नगरपालिकाले बुधबार बाईसजाँगर बजार क्षेत्रमा सञ्चालित व्यवसायिक पसलहरुको अनुगमन गरेको छ ।
चाडपर्वको मौका छोपेर बजारमा हुन सक्ने कालोबजारी, अखाद्य वस्तुको प्रयोग, सरसफाईमा ध्यान दिए नदिएको, म्याद नाघेको वस्तुको विक्री वितरण, पसल दर्ता भए नभएका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाकी उप–प्रमुख एवं बजार अनुगमन समितिकी संयोजक उमा गोतामेले बताइन् ।
बजार अनुगमन समितिले नगरपालिकाको वडा नं. ९ को बाईसजाँगर क्षेत्रमा अनुगमन गरेको हो । नेपालीहरुको दास्रो ठूलो चाड तिहार, छठ लगायतका चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर अनुगमन गरिएको समितिले उक्त क्षेत्रका खाद्यान्न, माछामासु, तरकारी, फलफूल, फेन्सी पसल लगाएतका थोक तथा खुद्रा पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा अधिकाँस पसलको पालिकामा ब्यवसाय दर्ता नगरिएको र नवीकरण समेत नगरिएको पाईएको छ । त्यसैगरी मूल्य सुची नराखिएकोे, सरसफाईको कमि लगायतका कैफियत देखिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज ज्ञावलीले बताए । अनुगमन समितिले व्यवसाय सञ्चालनको मापदण्ड पुरा नगरेका पसल सञ्चालकहरुलाई यथासक्य प्रक्रिया पुरा गर्न निर्देशन समेत दिएको छ ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिइएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।
अनुगमनका क्रममा अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नं. ९ का वडा अध्यक्ष मिन बहादुर गुरुङ, भानु नगर उद्योग वाणिज्य संघका कृष्ण कोईराला, प्रशासकीय अधिकृत युवराज ज्ञावली, स्वास्थ्यका कर्मचारी दिलेन्द्र बुढा, पशु बिकास शाखाका अमीत ढुँगाना, कृषि शाखाका बिनोद थापा, प्रहरी कार्यालय बाईसजाँगरका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker