चितुवाको आक्रमणमा परी बन्दिपुरमा ९ वर्षीय बालिकाको मृत्यु
भञ्ज्याङ न्यूज

चितुवाको आक्रमणमा परी ९ वर्षीय बालिकाको ज्यान गएको छ । बन्दिपुर गाउँपालिका-५ बाहुन भञ्ज्याङमा आज साँझ करिब ६ः१५ बजेको समयमा चितुवाले आक्रमण गर्दा ९ वर्षीया बालिका स्वीकृति थापा मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी गराए ।
साँझको समयमा एकले छिमेकीको घरमा मासु लिन जाँदै गरेकी बालिकाले अचानक चितुवाले आक्रमण गरी रोडबाट तल जंगलमा लगेको र चितुवाले बालिकाको रगत चुसी छाडेको अवस्थामा भेटिएको बताइएको छ ।
गाउँपालिकामा यस अगाडि चितुवाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।










