दमौलीमा निर्मित दुइ आधुनिक सिनेमा हल सहितको एपेक्स मल्टिप्लेक्स वैशाखबाट सञ्चानलनमा

- भञ्ज्याङ समाचारदाता (दमौली)
दमौलीमा निर्मित दुइ आधुनिक सिनेमा हल सहितको सात तले एपेक्स मल्टीप्लेक्स वैशाख पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । यसका लागि फागुन १ गतेबाट सटर किन्न तथा भाडामा लिन चाहनेका लागि खुला गरिएको व्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए । करिब ३० करोड रुपैयाँको लागतमा दमौली कालिका मार्गमा निर्मित दमौलीकै ठुलो व्यवसायिक भवनमा क्यूएफएक्सका दुइ सिनेमा हल चलाइने बताइएको छ ।
दमौलीमा सिनेमा हल नै नचलेको अवस्थामा नयाँ वर्षबाट बजार र आसपासका बासिन्दाले राजधानीकै स्तरको सिनेमा हालको सुविधा पाउनेछन् । लिफ्टको व्यवस्था भएको भवनमा आधुनिक फेन्सी, विभिन्न व्यवसायिक सटर र कार्यालय पनि रहनेछन् । अघिल्लो वर्षै सञ्चालनमा ल्याउने तयारी भए पनि मल्टिप्लेक्सको निर्माण सकिन बढी समय लागेको बताइएको छ ।










