तनहुँका दशमध्ये पाँचमा कांग्रेस, चारमा एमाले, एकमा माओवादी

रासस

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका सबै पालिकाको नतिजा आएको हो ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामध्ये नेपाली कांग्रेसले पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ । नेपाली कांग्रेसले व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख, भानु नगरपालिकाको प्रमुख र उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाको प्रमुख, ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष जितेको छ ।

त्यस्तै कांग्रेसले बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ । नेकपा एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष, भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख, देवघाट गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ ।

देवघाट गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरु निर्वाचित भएपछि मंगलबार संयुक्त रुपमा विजयोत्सव मनाउँदै । तस्विर : भञ्ज्याङ

नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा बैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै, भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी हुनुभएको छ ।

बन्दीपुर गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । नेकपा एमालेबाट घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ । जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसले ४६, नेकपा (एमाले) ले २८ र नेकपा माओवादी केन्द्रले ७ वडा जितेको छ । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका छन् ।

निर्वाचनबाट जिल्लाका चार सय ४५ जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख÷उपप्रमुख २०, वडाध्यक्ष ८५ र तीन सय ४० जना वडा सदस्य निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker