मेयर न्याैपाने युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट्स एशिया–प्यासिफिक सदस्यमा निर्वाचित

दमौली : व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय संस्था युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट्स एशिया–प्यासिफिक सदस्यमा निर्वाचित भएका छन् । न्यौपाने दुई वर्षका लागि उक्त संस्थाको सदस्यमा निर्वाचित भएका हुन् ।

उक्त संस्थाले न्यौपानेलाई बधाई ज्ञापन गर्दै नगरपालिकाको अनुभव, दक्षता र दृष्टिकोणले सम्पूर्ण एशिया प्यासिफिक क्षेत्रमा स्थानीय सरकारहरूको सशक्तिकरण र सहयोग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

उक्त संस्था एशिया–प्रशान्त क्षेत्रका नगर र स्थानीय सरकारबीच नीति निर्माण, संवाद र दिगो विकासका लागि प्रमुख प्लेटफर्म हो। यस संस्थाले स्थानीय सरकारहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र नीति निर्माणमा प्रभाव पार्ने काम गर्दै आएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker