निर्माण व्यवसायीद्वारा कोरोनाबाट मृत्यु भएका सदस्यका परिवारलाई आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी निर्माण व्यवसायी समितिले कोरोनाबाट मृत्यु भएका समितिका पूर्व कोषाध्यक्ष खिम बहादुर थापाको परिवारलाई आर्थिक सहयोग गरेको छ । समितिको १२औं वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रमा मृतक थापाकी श्रीमती आशा थापालाई ५० हजार रुपैयाँ राहत स्वरुप हस्तान्तरण गरेको समितिका अध्यक्ष विष्णुकुमार पौडेलले बताए ।

लामो समयदेखि समितिमा आबद्ध थापाको गत बर्ष पुस ९ गते कोरोना संक्रमणबाट ६५ बर्षको उमेरमा मृत्यु भएको थियो । मृतक थापा शुक्लागण्डकी नगरपालिका वडा नं. ५ भुरुङ्गेमा निवासी हुन् ।

अध्यक्ष पौडेलका अनुसार समितिका सदस्यहरुले मासिक रुपमा २५० रुपैयाँको दरले सदस्य कल्याणकारी कोषमा रकम जम्मा गर्दै आएका छन् । सोही कोषबाट मृत्यक सदस्यका परिवरालाई ५० हजार रुपैयाँ र वृद्ध भई समितिबाट अवकास लिंदा ३० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker