मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माविले मनायो ६७औं वार्षिकोत्सव

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयले ६७औं वार्षिकोत्सव तथा अभिभावक दिवास सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयले विद्यार्थीहरु बीच विविध प्रतियोगितात्मक कार्यक्रम गरेको थियो ।
विद्यालयको वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै भानु नगरपालिका-१३ का वडाअध्यक्ष रामबहादुर बानियाँले समयानुकल प्रविधिक र सीप युक्त शिक्षाका लागि सबैले हातेमालो गरी अगाडि बढ्नुपर्ने बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. होम बहादुर गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना कर्ता क्या. कृष्ण बहादुर खड्का, शिक्षासेवी हाजी रफिक मियाँ, वडा सदस्य सान्त मौरती, नेकपा वडा सचिव विष्णुलाल श्रेष्ठ, शिक्षक अभिभावक विष्णुसिंह गुरुङ, विद्यालय व्यवस्थापन समितिका सदस्य हरि खड्का, सल्लाहकार संयोजक रामप्रसाद गुरुङ, अभिभावक संगम सुमिर पियाँ, पूर्व विद्यार्थी यम बहादुर गुरुङ शिक्षक प्रतिनिधि तुल बहादुर गुरुङ लगायतका वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्बन्धित सरोकारवाला निकायले हातेमालो गरी अगाडि बढ्नुपर्ने बताएका थिए ।
वाषिर्कोत्सव समारोहमा २०७६ सालको यसइइ परीक्षामा ए प्लस नतिजा ल्याउने विद्यार्थीलाई सम्मान, उत्कृष्ट कर्मचारी सन्तोषी गुरुङलाई सम्मान गरिएको थियो ।
यस्तै, विद्यालयका पूर्व शिक्षक समेत रहेका क्या. कृष्ण बहादुर खड्काले विद्यालयमा १ लाख १ हजार १११ रुपैयाँको अक्षाकोष स्थापना गरेको शिक्षक कृष्ण विकले जानकारी गराएका छन् ।










