नरभंक्षी चितुवा समात्नका लागि बन्दीपुरमा प्राविधिक टोली परिचालन

दमौली : बन्दीपुर गाउँपालिकामा पछिल्ला दुई महिनामा चितुवाको आक्रमणबाट दुई जना बालबालिकाले ज्यान गुमाएपछि चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–२ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा टोली परिचालन भएको हो । डिभिजन वन कार्यालयका प्रमुख शरद् अधिकारीले जानकारीका अनुसार टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्नेछ ।

तनहुँका भानु, बन्दीपुर, आँबुखैरेनी चितुवा आतङ्कबाट पीडित छ । यो जिल्लामा आठ वर्षमा १६ बालबालिका चितुवाको शिकार बनेका छन् । गत सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङलाई चितुवाले खाएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker