उम्मेदवार श्रेष्ठको घरदैलो अभियान तीब्र

भञ्ज्याङ समाचारदाता/दमौली

आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ को प्रदेशसभा १ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अशोक कुमार श्रेष्ठले घरदैलो अभियानलाई तीब्र पारेका छन् ।

आफ्नो पक्षमा मत माग्दै श्रेष्ठ मतदाताको घरदैलो, खेतबारीमा पुगेका छन् भने उनले आफ्ना चुनावी एजेण्डा सुनाएर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । श्रेष्ठ केही दिन यता भानु नगरपालिकाका विभिन्न वडामा घरदैलोमा व्यस्त छन् । श्रेष्ठले भानु नगरपालिका-१२ ओख्लेस्थित पूर्व डिआइजी खोजबहादुर गुरुङसँग भेट गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यस्तै श्रेष्ठले भानु नगरपालिका-९ बाइसजाँगरमा घरदैलो गरेका छन् । घरदैलोमा क्रममा स्थानीयले उम्मेदवार श्रेष्ठलाई स्वागत गर्दै विजयको शुभकामना दिएका थिए । श्रेष्ठले भानु नगरपालिका-९ रानागाउँमा घरदैलो गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवरलाई विजयी गराउन आहृवान समेत गरेका छन् । घरदैलोका क्रममा जनताबाट प्राप्त समर्थनले उत्साहित बनाएको र जनताको र्समर्थन नै मेरो जितको आधार भएको बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker