प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव सुरु, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

भञ्ज्याङ न्यूज

तनहुँको दमौलीमा प्रमथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव शुक्रबारबाट सुरु भएको छ । व्यास-५ को पाटनमा पाटन युवा क्लवले आयोजना गरेको महोत्सवको एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले शुभारम्भ गरेका छन् ।

महोत्वको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका सिलसिलमा कोही लुटिने र ठगिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘क्षमताअनुरूप जुनसुकै जिल्लाका नागरिक विदेश जान सक्छन् । विदेश जाने नाउँमा लुटिने र ठगिने कार्यलाई निरुत्साहित गरेछु उन्मुक्ति दिइने छैन’, उनले भने, ‘ठगलाई तह लगाउने छौं ।’

श्रमजीवि र विदेशमा जाने श्रमिकको पक्षमा आफूले वकालत गर्दै आएको चर्चा गर्दै उनले नेपालबाट ९७ प्रतिशत युवायुवती बिना सीप वैदेशिक रोजगारीमा जाने गरेकाले बढि समस्या देखिएको बताउँदै विदेशमा जाने युवाका लागि अहिले सातवटै प्रदेशमा सीपमूलक तालिम केन्द्र खोल्ने तयारी गरिरहेको जानकारी गराए ।

कार्यक्रममा महोत्सवका मुल संयोजक एवं पाटन युवा क्लबका सल्लाहकार पवन चुमी थापा मगरले महोत्सव सञ्चालन गर्नुको उद्देश्य बारे प्रकाश पारेका थिए ।

पाटन युवा क्लबका अध्यक्ष अमर थापाको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्याल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष शंकर नारायण श्रेष्ठ, नोपल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, व्यास नगरपालिका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने, वडा नं. ३ का अध्यक्ष प्रेम कुमार श्रेष्ठ, आदीवासी जनजाति महासंघ तनहुँका पूर्व सचिव सनम तमाङ, कलाकार विन खाती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सव स्थलमा बोटे जातिको संस्कृति झल्कने घर, निर्माण समेत रहेको सचिवालय संयोजक दिनेश लामिछानेले बताए ।

मंसिर २४ गतेदेखि पुस ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने र ५५ लाखको कारोबार गरी सात लाख मुनाफा गर्ने आयोजकले लक्ष्य लिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker