आयोजना प्रभावितका छोराछोरीलाई छात्रवृत्ति

रासस (दमौली)

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सोही वडामा रहेको शुक्ला माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरण शुरुआत गरेको हो ।

आयोजनाले विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई रु एक लाख सात हजार छात्रवृत्ति रकम प्रदान गरेको सहनिर्देशक भोला शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिविद्यार्थी रु १० हजार ७०० का दरले छात्रवृत्ति प्रदान गरिएको छ । आयोजनाबाट प्रभावितका जेहेन्दार, लगनशील र विपन्न विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिएको शर्माले बताउनुभयो ।

मापदण्ड बनाएर विद्यार्थी छनोट गर्ने जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइएको छ। “छात्रवृत्ति प्रदानका लागि एउटा मापदण्ड बनाएका छौँ, प्रभावितमध्ये पनि विपन्न, जेहेन्दार विद्यार्थी हुनुपर्छ”, शर्माले भन्नुभयो, “सोही मापदण्डभित्र रहेर विद्यालयले नै विद्यार्थी छनोट गर्नेछ।” आयोजनाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत् सेवा नपुगेका ग्रामीण भेगहरूमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ ।

यस्तै भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ । आयोजनाले फागुन दोस्रो सातादेखि भीमाद नगरपालिका-५ मा प्रभावित समुदायलाई सिलाइ कटाइ तालीमसमेत सञ्चालन गरिरहेको छ ।

आयोजनाले प्रभाव पारेको व्यास नगरपालिका, भीमाद नगरपालिका ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका एक हजार जनाका लागि सीपमूलक तालीम सञ्चालन गरिनेछ । त्यसमध्ये पहिलो चरणमा भीमाद-५, म्याग्दे-५ र ऋषिङ-५ का २० जनाको सहभागिता छ । तालीम ६५ दिनसम्म सञ्चालन हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker