दमौलीको सःसः इन होटलमा आगलागि हुँदा करिव ४० लाख बराबरको क्षति, पाहुँनालाई सकुशल उद्धार गरियो (तस्विरसहित)

भञ्ज्याङ न्यूज (दमौली)

जिल्लाको व्यास नगरपालिका-४ स्थित सःसः इन होटलमा मंगलवार बिहान करिव १ बजेर ४५ मिनेटकको समयमा आगलागि भएको छ । विद्युत सर्ट भई आगलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
आगलागि भएपछि व्यास नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आँगो नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट करिव ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागिमा कुनैपनि मानवीय क्षति नभएको र होटलमा बसेका पाहुँनलाई छतबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

उनले भने, ‘आगलागिपछि होटलका पाहुनालाई होटलसंगै जोडिएको घरको छतबाट उद्दार गरिएको थियो । एकजना भने हाम्फालेर बाच्न सफल भएको र सामान्य घाइते भएका छन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker