१० करोड ३५ लाखको लागतमा प्रशासनिक भवन निर्माण शुरु

  • भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले प्रशासनिक भवन निर्माण शुरु गरेको छ । हालसम्म भाडामा सञ्चालन हुँदै आएको गाउँपालिकाले १० करोड ३५ लाख ६९ हजार ८८४ रुपैयाँको लागतमा भवन निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षमा ६ करोड ८५ लाख ५० हजार २५ रुपैयाँ र आगामी आवमा ३ करोड ५० लाख १९ हजार ८५८ रुपैयाँको काम खर्च हुने र दुइ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताएका छन् ।

दुइ भवन निर्माणका लागि स्वीकृत लागत रकममध्ये यो वर्ष गाउँसभाको निर्णयबमोजिम ३ करोड रुपैयाँ, जिल्ला समन्वय समिति कोषमार्फत प्राप्त हुने रकम, आन्तरिक स्रोत र आगामी आवमा संघीय र प्रदेश सरकारमार्फत प्राप्त हुने बताइएको छ । चालु आर्थिक वर्षा प्रोटेक्सन वर्क्स, जमिन मिलाउने, कालोपत्रेबाहेक बाटो तयार गर्ने, नाली निर्माण तथा बायोइन्जिनियरिङका काम हुनेछन् । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्रे र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

यस्तै, भवनको एक कार्यक्रमका बीच बुधबार पूर्वसभामुख तारानाथ रानाभाटले शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्दै पूर्वसभामुख रानाभाटले स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समयपछि गाउँपालिकाले भवन निर्माण शुरु गरेकामा धन्यवाद दिँदै निर्धारित समयमै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिन आग्रह गरे ।

वि.सं. २०७६ फागुन २७ गतेको गाउँसभाको निर्णय बमोजिम गाउँपालिकाको केन्द्रसहित भवन निर्माण गर्ने गरी म्याग्दे गाउँपालिका-४ नारिङ्गेलाई निर्धारण गरिएको छ । भवन निर्माणका लागि लालपूर्जाभित्रको कित्ता नं ५२ क्षेत्रफल एक रोपनी एक आना तीन पैसा तीन दाम जग्गा निःशुल्क प्राप्त भएको छ भने ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको गाउँपालिकाकी अध्यक्ष माया राना आलेले जानकारी गराइन् । कटेरो इञ्जिनीयरिङले गरेको माटो परीक्षण अनुसार उक्त ठाउँमा चार तलासम्म भवन निर्माण हुनसक्ने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker