माछा मार्नेक्रममा १६ वर्षीय किशोरको करेन्ट लागेर मृत्यु

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको भानु नगरपालिका-१ का एक किशोरको करेन्ट लागेर मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका-४ डुम्रे स्थित चुँदी खोलामा करेन्टको प्रयोग गरी माछा मार्नेक्रममा १६ वर्षीय स्वरुप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चुँदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इञ्जार्च प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर तामाङ मृतावस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल ल्याएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker