तनहुँका १० क्रसर उद्योग दर्ता बिना सञ्चालन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन् ।

अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ ।

त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तर्राष्ट्रिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुइ किलोमिटर, चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर र हाइटेन्सन लाइनबाट दुइ सय मिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ ।

कुनै सर्त पूरा नगरी र उद्योग पनि दर्ता नगरी सञ्चालन गर्ने उद्योगहरुमा विद्युत् आपूर्ति बन्द गर्न नेपाल प्राधिकरणमा पत्राचारका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ ।

जिल्ला अनुगमन समितिले विभिन्न मितिमा अनुगमन गरी मापदण्ड विपरीत सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न समितिले निर्णय गरे पनि अटेर गरी सञ्चालन गर्दै आएका जिल्ला समन्वय समितिका सुब्बा नरबहादुर मगरातीले जानकारी दिए ।

त्यसरी सञ्चालन भएका क्रसर उद्योगहरुमा शुक्लागण्डकी नगरपालिकाभित्र सात, म्याग्दे गाउँपालिकामा दुइ र बन्दिपुरमा एकवटा छन् । शुक्लागण्डकी-७ स्थित ए सिक्स एग्रिगेट कम्पनी प्रालि, मेलमिलाप ढुङ्गा, बालुवा, गिट्टी उद्योग, शुक्लागण्डकी-२ मा एसएन एलए एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, सिद्धेश्वर एग्रिगेट एन्ड कंक्रिट ब्लक उद्योग, जय महालक्ष्मी एग्रिगेट इन्डस्टि्रज प्रालि र शुक्लागण्डकी-५ स्थित प्रोपर कन्स्ट्रक्सन एन्ड क्रसर इन्डस्टि्रज प्रालि छन् ।

त्यसैगरी म्याग्दे गाउँपालिका-४ र ५ मा क्रमशः सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग र ढोर बाराही एग्रिगेट इन्डस्टि्रज रहेका छन् । अधिकांश क्रसर उद्योग घरेलु तथा साना उद्योग समिति लगायत अन्य निकायमा पनि दर्ता नगरी सञ्चालन गरेको भेटिएकाले बन्द गर्नका लागि निर्णय गरी सम्बन्धित पालिकामा परिपत्र गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker