म्याग्दे–१ को बर्च्याङमा होमस्टे सञ्चालन (फोटोफिचर)

तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङको बर्च्याङ मगर सामुदायिक होमस्टेको शुभारम्भका लागि पुगेका म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई स्वागत गर्दै होमस्टे सञ्चालक महिलाहरु ।


यहाँका प्रायः सबै घरधुरीको सहभागिता रहनेगरी उर्जा तथा वातावरण नेपाल, म्याग्दे गाउँपालिका र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग एवं सम्पदा नेपालको सहजीकरणमा १० घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ ।

मगर समुदायको बसोवास रहेको बर्च्याङमा सञ्चालित होमस्टेमा मगर समुदायको भाषा, संस्कार, संस्कृतिको अध्ययन अवलोकनका साथै स्थानीयस्तरमै उत्पादित विभिन्न स्वादका खानाका परिकार खाना पाइन्छ ।

यस्तै, व्यास नगरपालिका–५ स्थित मानहुँकोट घुम्न आउने पर्यटकका लागि बाँसबस्न तथा खाना खानका लागि उपयुक्त गन्तव्यका रुपमा होमस्टे रहेको छ ।

म्याग्दे–१, टाक्राङ्गस्थित मानुहुँ टोलबाट करिब दुई किलोमिटरको दुरीमा यो होमस्टे रहेको छ

तस्विर : नारायण खड्का/भञ्ज्याङ










