तनहुँको बन्दिपुर-१ मा आत्मेश्वर महादेवको शिला स्थापना
भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको बन्दिपुर गाउँपालिका-१ नाहला स्थित भुत्याई बराहको प्राङ्गणमा आत्मेश्वर महादेवको शिला स्थापना गरिएको छ । भूत्याई बराह भवानी स्थापना समितिका अध्यक्ष रेशम लाल श्रेष्ठको अगुवाइ, समितिका पदाधिकारी तथा गाउँका स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा महाशिवरात्रिको अवसर पारेर आत्मेश्वर महादेवको शिला स्थापना गरिएको बताइएको छ ।
उक्त अवसरमा उखुको ढाक पड्काएर हर्ष उल्लासका साथ पूजा आजा गरी नाच गान भजन कीर्तन गरिएको थियो । पृथ्वीराजमार्गको नाहाला बाट ५ मिनेटमा पुग्न सकिने भएको हुँदा स्थानीय स्तरमा धार्मिक पर्यटनको राम्रो सम्भावना भएर पनि प्रचार प्रसार र बजेटको खाँचो रहेको हुँदा हालसम्म पनि ओझेलमा परेको समितिका सचिब रोशनी बराकोटी रावतले बताइन् ।










