भानु नगरपालिकामा सूचना प्रविधिको प्रयोग तथा बैकल्पिक सिकाई केन्द्रबाट पठनपाठन शुरु गरिने

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले कोभिड-१९ संक्रमण जोखिम कायमै रहेकाले सहजै भौतिक रुपमा पठनपाठन गर्न सक्ने अवस्था नभएको हुँदा बैकल्पिक सिकाई कार्यक्रमलाई अगाडि बढाउने भएको छ। भानु नगरस्तरीय प्रधानाध्यापकहरुको सोमबार सम्पन्न भर्चुवल बैठकले बैकल्पिक माध्यमबाट बालबालिकाहरुको शिक्षण सिकाई क्रियाकलापमा सहजिकरण गर्ने निर्णय गरेका हुन् ।

नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको बैठकले कोभिड-१९ को प्रभावलाई न्यूनिकरण गर्दै बैकल्पिक सिकाइ सहजीकरणका विधिहरु अबलम्बन गर्ने निर्णय गरिएको छ । यसका लागि आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने गराउने तथा गाउँ टोलमा सिकाइ सहजिकरण केन्द्र स्थापना गरी तत् तत् क्षेत्रमा शिक्षक कर्मचारीहरुलाई खटाइ स्वास्थ्य मापदण्डको पालना गरी बालबालिकाहरुको शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीज्यूको उपस्थितिमा भएको भर्चुअल बेठकले कोभिड-१९ का कारण लामो समयसम्म विद्यालय बन्द रहेकोले बालबालिकाको ठूलो शैक्षिक क्षति समेत भएकाले भानु नगर शिक्षा समितिले निर्णय गरे बमोजिमको विद्यालयस्तरीय वर्षो तथा हिउँदे बिदा पुनराबलोकन गरी बिदा यहि २०७८ असार २० देखि साउन १० गतेसम्म मात्र गर्ने र बाँकी अवधिमा सघन रुपमा कक्षा सञ्चालन गरी पाठ्यक्रम बमोजिम कोर्स पुरा गर्ने प्रयत्न गरिने भएको छ ।

यस्तै, बैठकले विद्यालयमा सञ्चालन भैरहेको र्सशर्त स्थानीय र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अर्न्तर्गतका भौतिक सुधार कार्यक्रमलाई समयमा नै सम्पन्न गर्ने र कुनैपनि कार्यक्रमको बजेट प्रिmज हुने वातावरण आउन नदिने निर्णय गरेको पौडेलले बताए ।

‘दरबन्दी मिलान तथा व्यवस्थापनको कार्यलाई यथाशीघ्र सम्पन्न गर्ने, कोभिडको प्रभावबाट भएको शैक्षिक क्षतिलाई सकेसम्म न्यूनीकरण गर्दै बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्ने तर्फसबैले ध्यान केन्द्रित गर्ने तर्फहामी केन्द्रित भएका छौं’, शिक्षा अधिकारी पौडेलले भने, ‘भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको तर्फाट नगरपालिका समक्ष प्रस्तुत प्रस्तावित कार्यक्रमहरु समय सान्दर्भिक र आवश्यक भएकोले सोको स्वीकृतिका लागि नगरपालिकालाई अनुरोध गर्ने भएका छौं ।’

आगामी शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना अभियानलाई सहज बनाउने र समुदायमा रहेका विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गर्ने भर्ना हुन प्रेरित गर्ने र सोको लागि विद्यालयले आवश्यक सहजीकरण गर्ने पनि प्रधानाध्यापकहरु बीच छलफल गरिएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बैठकमा प्रधानाध्यापकहरुबाट उठाइएका समसामयिक विषयहरु समय सान्दर्भिक र उपयुक्त रहेकाले सोको सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नगरपालिकाको शैक्षिक उत्थानका लागि हामी सबैको सामुहिक प्रतिवद्धता र प्रयत्न जरुरी रहेको समेत उनले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker