आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा सुनार निर्वाचित, कस्ले कति मत प्राप्त गरे ?

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औं वार्षिकोत्सव तथ १२औं अधिवेशनले नयाँ सञ्चालक समिति चयन गरेको छ । क्यासको सञ्चालक समिति चयनका लागि शुक्रबार भएको निर्वाचनबाट केशबहादुर सुनार अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

निर्वाचनबाट ३७३ मत प्राप्त गरी सुनार अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका प्रतिस्पर्धी कमलामोहन वाग्लेले २३३ मत र चुडामणि दाहालले ६० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सरिता थापा भण्डारीले जानकारी दिइन् ।

अध्यक्षमा निर्वाचित सुनारलाई नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन रहेको थियो भने, कांग्रेस पृष्ठभूमिकै वरिष्ठ अधिवक्ता वाग्लेलाई कांग्रेसका केही नेताहरुले समर्थन गरेको चर्चा चलेको थियो । अर्का उम्मेदवार दाहाल भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का व्यास नगर सभापति हुन् ।

यस्तै सञ्चालक समिति सदस्यहरुमा विवेक भट्टराई ५०२, मोहन गिरी ५००, डा. इश्वरचन्द्र वाग्ले ४९२, सुनिल मिश्र ४९०, रामकृष्ण विक ४६९, संगित घिमिरे ४६१, सोमराज सिग्देल ४३५, भरत पन्थ ४१९, श्रीराम कार्की ४१७, निर्मल पण्डित ३४१, इश्वरबहादुर विष्ट ३३४ र भाग्यशाली ढुंगाना ३१४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker