भोर्लेटार चोकमा ट्रान्सफरमर जल्यो, दमौलीमा आज करिब १ घण्टा विद्युत सेवा अवरुद्ध हुने

दमौली : तनहुँको व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित सव–स्टेसन नजिक रहेको १०० केभीए क्षमताको ट्रान्सफरमर जलेर नष्ट भएपछि उक्त क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ ।

लाइन पुनः सुचारु गर्न जलेको ट्रान्सफरमर हटाई २०० केभीए क्षमताको नयाँ ट्रान्सफरमर जडान गर्नुपर्ने भएकाले आज शनिबार दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बताएको छ ।

विद्युत प्राधिकरणका अनुसार दमौली फिडर अन्तर्गतका सित्तल चोक, ट्राफिक चोक, अमरापुरी, बिसघरे, व्यास–२, व्यास–३, चापाघाट, कन्टार, पाट्न, मानुङ, भादगाउँ, हाइस्कुलटार, तालघरे लगायतका क्षेत्रमा करिब एक घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले मर्मत तथा ट्रान्सफरमर अपग्रेड गर्ने क्रममा सम्भावित असुविधाका लागि क्षमायाचना गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker