सामाजिक अभियान्ता गफ्फारको नेतृत्व सडकका खाल्डाखुल्डी मर्मत

दमौली : तनहुँको व्यास नगरपालिका–१ अन्तर्गत बुल्दीपुलेदेखि भादगाउँसम्म जोड्ने सडक लामो समयदेखि खाल्डाखुल्डीका कारण जर्जर बन्दै गएको थियो । सडकको खराब अवस्थाका कारण दैनिक रूपमा सवारी साधन सञ्चालनमा कठिनाइ हुनुका साथै पैदलयात्री, विद्यार्थी, वृद्धवृद्धा तथा आपतकालीन सेवासमेत प्रभावित हुँदै आएका थिए ।

यही समस्यालाई मध्यनजर गर्दै सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्व तथा पहलमा स्थानीय युवाहरूले बिहीबार स्वस्फूर्त रूपमा सडक मर्मत कार्य गरेका छन् । युवाहरूले आफैं आवश्यक सामग्री जुटाई सडकका ठूला–साना खाल्डाखुल्डी पुर्ने, सम्याउने तथा जोखिमयुक्त स्थानमा अस्थायी सुधार गर्ने काम गरेका हुन् ।

स्थानीय बासिन्दाका अनुसार वर्षायाम तथा सवारी चापका कारण सडक थप बिग्रँदै जाँदा दुर्घटनाको जोखिम बढेको थियो । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि तत्काल सुधार नहुँदा बाध्य भएर युवाहरूले सामाजिक उत्तरदायित्वका रूपमा श्रमदान गरेका हुन् ।

सामाजिक अभियान्ता गफ्फारले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको सडक सुरक्षित र सहज बनाउनु सबैको साझा दायित्व भएको बताउँदै सरकार र स्थानीय तहले स्थायी रूपमा सडक सुधार गर्नुपर्ने भए पनि तत्कालका लागि जोखिम कम गर्न युवाहरू एकजुट भएको बताए ।

युवाहरूको यस पहलले समुदायमा सकारात्मक सन्देश दिएको स्थानीयवासीले बताएका छन् । उनीहरूले यस्ता सामाजिक अभियानले आपसी सहकार्य र जिम्मेवारीबोध बढाउने उल्लेख गर्दै दीर्घकालीन र गुणस्तरीय सडक निर्माणका लागि व्यास नगरपालिकाले चाँडो योजना बनाएर कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker