आदिकवि क्याम्पसमा महिनावारी स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले महिनावारी स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । विपि कोइराला फाउन्डेसनको सहकार्य तथा सूलभ वास इन स्कुल कार्यक्रम नयाँ दिल्ली भारतको आयोजनामा छात्राहरुका लागि मंगलबार एक दिने महिनावारी स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सूलभ वास इन स्कुल कार्यक्रमका राष्ट्रिय संयोजक रुपक रोय चौधरी, सुलभ सेनिटेशन क्लवका संयोजक समिक्षा दास र क्लवका सदस्य विद्यार्थीहरुले आदिकवि भानुभक्त माध्यमिक विद्यालय कक्षा ११ अंग्रेजी र होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत छात्राहरुलाई महिनावारी स्वास्थ्य र सरसफाई सम्बन्धी सहजिकरण गरेका थिए। उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको चिनारी प्रस्तुत गर्दै उक्त कार्यक्रमका प्रशिक्षकहरुलाई स्वागत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker