बन्दिपुरका कृषकलाई हलो !

भञ्ज्याङ समाचारदाता (बन्दिपुर)

तनहुँको बन्दिपुर गाउँपालिकाले कृषकलाई हलो कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ । गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा फलामको हलो कृषकलाई उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

गाउँपालिकाले यो वर्षलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरी यो कार्यक्रम सञ्चालन गरिएको र गोरु र हलोको प्रयोग गरी कृषि कर्म गर्ने कृषकको तथ्याङ्क संकलन गर्दा सोचे भन्दा बढि करिब एक हजार बढीको तथ्याङ्क संकलन भएको अध्यक्ष थापाले बताए । उनले भने, ‘हामीले विनियोजन गरेको बजेटले गाउँपालिकाका सबै कृषकलाई हलो वितरण गर्न नसक्ने अवस्था आएकाले वडावडाबाट छनोट गरी विपन्न कृषकहरुलाई हलो उपलब्ध गराउने तयारी गरेका छौं ।’

पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी गाउँपालिकाले मिनी ट्रिलरका लागि २० लाख, कुटानी पिसानी मिलमा पाँच लाख, कृषि टनेलमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी गराए ।

कृषि पेशाबाट आयआर्जनको माध्यमबाट आर्थिक क्षेत्रमा सबल बनाउन सहयोग पुर्‍याउने उद्देश्यले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा उक्त सामग्री वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । सम्बन्धित क्षेत्रका लागि कृषकले आवेदन दिए पनि उनीहरूको मूल्याङ्कन र स्थलगत अवलोकन पश्चात् मात्रै अनुदानमा सामग्री प्रदान गरिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker